5 years ago
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आज सुरु हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणी टोलीको कप्तानी ओपनर तथा विकेटकिपर सुवास खकुरेलले गर्ने भएका छन् ।

प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघको आयोजनामा भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा आयोजना हुँदै छ ।
यस अघि घोषणा गरिएको टोलीमा नारायणीको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने तय भएको थियो । तर पारसलाई शुक्रबार कोरोना संक्रमण देखिएपछि गौतम बुद्ध कप गुमाउने छन् ।
दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेका पारसको बिहीबार गन्ध र स्वाद हराएको थियो । शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रबार मात्र राष्ट्रिय टोलीका खेलाडीलाई बन्द प्रशिक्षणबाट फुकुवा गर्दै चितवन पठाई सकेको छ ।
पारस नखेल्ने भएपछि नारायणीको कप्तान सुवास खकुरेलले गर्ने बाग्मती प्रदेशका सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् । सुवास नारायणीका सिनियर र सर्वाधिक अनुभवी खेलाडी समेत हुन् ।
पहिलो खेलमा आज बागमती र नारायणी भिड्दै छन् । खेल बिहान ११ बजेबाट सुरु हुने सम्भावना छ । सचिव दुर्गाराजका अनुसार मौसमको अवस्था खराब रहँदा ११ बजेबाट सुरु हुन सक्ने सम्भावना छ । खेल ५० ओभरकोनै हुने सम्भावना छ । यदि मौसमको कारण ओभर घट्न सक्छ ।
प्रतियोगिताका खेलहरु मंसिर २७ देखि ३० सम्म चल्ने छ । प्रतियोगितामा बागमती, नारायणी र राप्ती गरि तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् । बाग्मतीको कप्तानी राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र राप्तीको कप्तानी विकेटकिपर विनोद भण्डारीले गर्ने छन् ।
मंसिर २८ मा बागमती र राप्ती भिड्ने छन् । मंसिर २९ मा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुई टोली उपाधिको लागि मंसिर ३० मा भिड्ने छन् ।
नारायणी टोली : सुवास खकुरेल (कप्तान), करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव ।
राप्ती टोली : विनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अभिनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी ।
बागमती टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल कुमार शाह, सोमपाल कामी, राशिद खान, ललित नारायाण राजवंशी, सागर ढकाल, रोहित कुमार पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम शोब, प्रदीप ऐरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]