default_image

5 years ago

December 12, 2020

करणको छक्का वर्षासँगै नारायणीको जित

114 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको विष्फोटक ब्याटिङमा नारायणीले गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

जितका लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा नारायणीका करण केसी र आरिफ शेख ब्याटिङका लागि आएका थिए । बागमतीका सोमपाल कामीले बलिङ गरेका थिए ।

पहिलो तीन बलमा नै करणले सोमपाललाई लगातार तीन छक्का प्रहार गरे । सोमपालले चौथो र पाँचौ बल भने डट राखेका थिए । अन्तिम बल फाल्ने क्रममा वाइड गरेपछि अर्को बलमा करणले छक्का प्रहार गर्दै कुल २५ रन जोडेका थिए ।

जितका लागि सुपर ओभरमा २६ रन बनाउन बागमतीबाट ज्ञानेन्द्र मल्ल र पवन सरार्फ ब्याटिङमा आएका थिए । बलिङ करण केसीले गरेका थिए । ज्ञानेन्द्रले पनि पहिलो बलमै छक्का प्रहार गर्दै राम्रो जवाफ दिएका थिए । दोस्रो बल करणले वाइड फालेका थिए । मल्लले अर्को बल छक्का प्रहार गर्दै खेललाई रोमान्चकता बढाएका थिए । तेस्रो बलमा ज्ञानेन्द्रले एक रन लिन मानेनन् ।

चौथो बलमा ज्ञानेन्द्रले छक्का प्रहार गरेपछि खेल झन रोमान्चक बनेको थियो । पाँचौ बल करणले अफ योर्कर फाल्दै डट राखे । अन्तिम बलमा ज्ञानेन्द्रले एक रन लिएपनि जितको लागि पर्याप्त भने भएन ।

त्यसअघि लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा नारायणीलाई जितको लागि १० रन चाहिएको थियो । राशिद खानले पहिलो बल सिद्धान्त लोहनीलाई एक रन दिए । दोस्रो बलमा किशोर महतो बोल्ड आउट हुन पुगे । तेस्रो बलमा सुशन भारी रन आउट हुन पुगेका थिए । चौथो बलमा सिद्धान्तले २ र पाँचौ बलमा चौका प्रहार गरेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा जितको लागि तीन रन चाहिएको थियो । जसक्रममा सिद्धान्त तेस्रो रन लिनेक्रममा रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सिद्धान्त १५ बलमा २ चौका सहित २० रनमा रन आउट भए ।

नारायणीका युवा ब्याट्सम्यान आरिफ शेखले ४५ बलमा १ चौका र ४ छक्का सहित ४४ रनको योगदान दिए । तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौ बलमा ओपनर रित गौतमलाई ५ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । स्पिनर पवन सरार्फको चौथो ओभरको चौथो बलमा ठूलो सट खेलेका कप्तान सुवास खकुरेल ११ रनमा लङअङमा ललित नारायण राजवंशीबाट क्याच आउट हुन पुगे ।

नवौं ओभरको तेस्रो बलमा विक्रम सोबले ईशान पान्डेलाई १३ रनमा एलबिडब्लू आउट गरे । सन्दीप जोरा २ र करण केसी ९ रनमा स्टम्पिङ आउट भएका थिए । किशोर महतो ६ रनमा बोल्ड आउट भए । ललित नारायण राजवंशीले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिए । विक्रम सोब र पवन सरार्फको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको बागमती २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।

एक समय ११.२ ओभरमा ५०–७ को अवस्थामा रहेको बागमतीलाई तीव्र गतिका बलर राशिद खान र विक्रम सोबले आठौं विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै एक सय रनको योगफल कटाएका थिए । राशिद २२ बलमा १ चौका र २ छक्का सहित २७ रनमा क्याच आउट भए । विक्रम ३१ बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।

बागमतीका ओपनर सुनिल धमलाले ३२ बलमा २ चौका र ३ छक्का सहित ३७ योगदान दिए । बागमतीका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युवा तीव्र गतिका बलर किशोर महतोले दोस्रो ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई सुशन भारीबाट ५ रनमा क्याच गराउँदै टोलीलाई पहिलो सफलता दिलाए । तेस्रो ओभरको अन्तिम बलमा रोहित कुमार पौडेललाई करण केसीले महतोबाट एक रनमा क्याच गराए ।

लगत्तै चौथो ओभरको पहिलो बलमा अनिल कुमार शाहलाई सुशन भारीले शून्यमा एलबिडब्लू आउट गरे । दीपेश श्रेष्ठले पाँचौ ओभरको तेस्रो बलमा पवन सरार्फलाई १ रनमा महतोबाट क्याच गराउँदा बागमती १३–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका लागि धमला र प्रदीपले २८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर स्पिनर साहब आलमले दशौं ओभरको पाँचौ बलमा प्रदीपलाई ४ रनमा कप्तान सुवास खकुरेलबाट क्याच गराए । लगत्तै अर्को बलमा सोमपाल कामी शून्यमा क्याच आउट हुन पुग्दा बागमती ४१–६ को अवस्थामा पुगेको थियो ।

एकपछि अर्को लगातार विकेट गुम्दा दबाब कम गर्न १२ औं ओभरको दोस्रो बलमा साहब आलमलाई ठूलो सट खेलेका धमला सन्दीप जोराबाट क्याच आउट भएपछि बागमतीको मध्यम योगफलको सम्भावना टाढिएको थियो ।

नारायणीका स्पिनर साहब आलमले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । सुशन भारीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर १ विकेट लिए । किशोर महतोको नाममा एक विकेट रह्यो । दीपेश श्रेष्ठले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

दोस्रो खेलमा बागमतीले राप्तीसँग आइतबार खेल्ने छ । नारायणीले सोमबार राप्तीसँग दोस्रो खेल खेल्ने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.