default_image

5 years ago

December 13, 2020

राप्तीको मध्यम योगफल

131 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – भरतपुरको चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगिता दोस्रो खेलमा राप्तीले बागमतीलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ ।

गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनायो । राप्तीका ओपनर अमित श्रेष्ठले ३३ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिए ।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई ३ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अमित र शरद भेषावकरले ४० रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । सागर ढकालको सातौं ओभरको पाँचौ बलमा ठूलो सट खेल्नेक्रममा अघि बढेर सट खेलेका शरद मिस हुँदा विकेटकिपर अनिल कुमार शाहबाट स्टम्पिङ आउट हुन पुगे ।

शरदले १५ बलमा ३ चौका र १ छक्का सहित २१ रन जोडे । सागरलेनै ११ औं ओभरको पाँचौ बलमा विनोदलाई २१ रनमा बोल्ड आउट गरे । कप्तान विनोदले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

१४ औं ओभरको चौथो बलमा स्पिनर ललितनारायण राजवंशीले लोकेश बमलाई कप्तान ज्ञानेन्द्र मल्लबाट १५ रनमा क्याच आउट गराए । बमले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे । सोमपालले भुवन कार्कीलाई शून्यमा बोल्ड आउट गर्दा राप्ती १४.३ ओभरमा ९३–६ को अवस्थामा पुगेको थियो । कमलसिंह ऐरी १६, जितेन्द्र मुखिया ९ र अभिनाश बोहराले ७ रनको योगदान दिए ।

बागमतीका तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । युवा तीव्र गतिका बलर राशिद खानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । विक्रम सोबको नाममा एक विकेट रह्यो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.