5 years ago
December 13, 2020
एजेन्सी – पाकिस्तानका प्रमुख ब्याट्सम्यान तथा कप्तान बाबर आजमले न्युजिल्यान्डविरुद्धको आगमी तीन टि२० आई खेलको सिरिज गुमाउने भएका छन् ।

अभ्यासको क्रममा आइतबार विहान बाबरको दायाँ हातको बुढी औंलामा चोट लागेपछि टि२० आई सिरिज गुमाउने भएका हुन् । पहिलो टि२० आई सिरिज डिसेम्बर १८ मा इडेन पार्क अकल्यान्डमा हुने छ । दोस्रो टि२० खेल २० र तेस्रो तथा अन्तिम खेल २२ डिसेम्बरमा हुने छ ।
बाबरलाई दुई हप्ताको विश्रामको आवश्यक पर्ने पाकिस्तान क्रिकेटले जनाएको छ । दुई टेष्ट सिरिजको लागि बाबर टोलीमा उपलब्ध हुने आशा गरिएको छ । पहिलो टेष्ट २६ डिसेम्बर देखि सुरु हुने छ । शनिबार पाकिस्ताका ओपनर ब्याट्सम्यान इमाम उल हकले वायाँ हातको बुढी औंलामा चोट लाग्दा १२ दिनको विश्राममा बसि सकेका छन् ।
बाबर र इमामको चोटको निगरानी डाक्टरले जारी राख्ने छन् । बाबरले टि२० सिरिज गुमाउदा युवा अलराउन्डर तथा उपकप्तान सादब खानले पाकिस्तानको कप्तानी गर्ने छन् । बाबर अनुपस्थित हुँदा पाकिस्तानको ओपनिङ युवा ब्याट्सम्यान हैदर अली र अब्दुल्लाह शफिकले गर्ने सम्भावना देखिन्छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]