default_image

5 years ago

December 13, 2020

नेपालले यू१९ विश्वकप खेल्न एसिया छनोट जित्नुपर्ने

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ एकदिवसिय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ ।

नेपाली यू१९ टोलीले सन् २०२२ को यू१९ विश्वकप खेल्न संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छ । नेपाल सन् २०२१ मा यूएईमा पाँच टोलीबीच हुने एसिया छनोटको विजेता बनेको खण्डमा सन् २०२२ मा वेस्टइन्डिजमा हुने यू१९ विश्वकप खेल्न पाउने छ ।

एसिया छनोटमा नेपाल सहित पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, यूएई र मलेसियाले आइसीसी एसिया क्वालिफायरमा सिधै स्थान बनाएका छन् । अन्य दुई टोली एसिया डिभिजन २ बाट छनोट भएर एसिया क्वालिफायरमा आउने छन् । भुटान, हङकङ, ओमान, कतार, साउदी अरबिया, सिंगापुर र थाईल्यान्डले एसिया डिभिजन २ मा प्रतिस्पर्धा गर्ने छन् ।

जसका शीर्ष दुई टोलीले एसिया छनोटमा खेल्ने छन् । उक्त छनोट भएर आउने दुई टोलीसँगै नेपाल, यूएई र मलेसियाले एसिया छनोटमा प्रतिस्पर्धा गर्ने छन् । विजेता विश्वकपमा पुग्ने छ । एसिया छनोटको मिति भने तय भएको छैन ।

यू१९ विश्वकप छनोटमा कुल ३३ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा पाँच टोलीले यू१९ विश्वकपमा स्थान बनाउने छन् । उक्त पाँच टोलीसँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बावे सोझै विश्वकप खेल्ने छन् । टेष्ट टोली आयरल्यान्डले भने यूरोप छनोट खेल्नुपर्ने भएको छ ।

नेपाली यू१९ टोलीले सन् २०१६ यता यू१९ विश्वकप खेलेको छैन । नेपाल सन् २०१९ मा मलेसियामा भएको एसिया छनोटमा यूएईसँग वर्षाको कारण डकवर्थ लेविस पद्दतिको आधारमा एक रनले पराजित हुँदा सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न यू१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.