default_image

3 years ago

December 13, 2020

कप्तान महबुबको विष्फोटक शतक

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेशन नम्बर २ छनोटमा सप्तरीका कप्तान महबुब आलमले विष्फोटक शतक प्रहार गरेका छन् । जनकपुरमा जारी छनोटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर समेत रहेका महबुबको उत्कृष्ट शतकको सहयोगमा सप्तरीले प्रदेश २ छनोटमा लगातार दोस्रो जित निकालेको छ । सप्तरीले आइतबार महोत्तरीलाई ७ विकेटले पराजित […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेशन नम्बर २ छनोटमा सप्तरीका कप्तान महबुब आलमले विष्फोटक शतक प्रहार गरेका छन् ।

जनकपुरमा जारी छनोटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउन्डर समेत रहेका महबुबको उत्कृष्ट शतकको सहयोगमा सप्तरीले प्रदेश २ छनोटमा लगातार दोस्रो जित निकालेको छ । सप्तरीले आइतबार महोत्तरीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइन यात्रा सहज बनाएको छ ।

महोत्तरीले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सप्तरीले २६.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा । सप्तरीलाई सहज जित दिलाउन कप्तान महबुब आलमले मात्र ४७ बलमा ८ चौका र १० छक्का सहित १ सय १ रनको अविजित शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।

ओपनर तथा विकेटकिपर आशिष झा ५० बलमा ५ चौका र ४ छक्का सहित ६३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । युवा ओपनर रोहन बिके १२ र अमित यादव १८ रनमा आउट भए । राहुल मण्डल २२ रनमा अविजित रहे । महोत्तरीका कप्तान राहुल प्रताप सिंह, पुरज ढुंगेल र मोहम्मद युसुफले एक एक विकेट लिए ।

त्यसअघि बाह्रबिघा मैदान जनकपुरमा टस हारेर ब्याटिङ थालेको महोत्तरीले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । महोत्तरीका युवा ब्याट्सम्यान रवि सिंह ८६ बलमा १० चौका र ५ छक्का सहित १ सय ८ रनमा अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त रहेन ।

ओपनर आदित्य झा २१, राजकुमार साहनी २६, सौरभ २०, अरुण मण्डल ४, सतिस यादव १० र राहुल प्रताप सिंह १८ रनमा आउट भए । सप्तरीका राहुल मण्डल, विकास दास, रोविन सिंह, महबुब आलम, अनुज यादव र रोहित सिंहले १–१ विकेट लिए ।

समूह ए को खेलमा यो जितसँगै सप्तरी शीर्ष स्थानमा छ । तीन खेलमा २ मा जित र १ मा हारेको महोत्तरी दोस्रो स्थानमा छ । धनुषा तेस्रो र सिराह चौथो स्थानमा छन् । प्रधानमत्री कपको लागि प्रदेश २ को छनोटमा बिहिबार देखी पुष ५ सम्म आठ टोलीले दुई समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

समूह ‘ए’ मा धनुषा, महोत्तरी, सिराह र सप्तरी छन् । समूह ‘बी’ मा सर्लाही, पर्सा, बारा र रौतहट छन् । समूह चरणमा सबै टोलीले एक अर्का टोलीबीच खेल्ने छन् । समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् ।

यस प्रतियोगिताको प्रर्दशनलाई आधार मान्दै पुष दोस्रो साता देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय कपको लागि प्रदेश २ ले आफ्नो टोली घोषणा गर्नेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.