default_image

5 years ago

December 14, 2020

किशोर र करण चम्कँदा राप्तीलाई मध्यम लक्ष्य

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र किशोर महतोको उत्कृष्ट ब्याटिङमा गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नारायणीले राप्तीलाई १ सय ३९ रनको मध्यम लक्ष्य दिएका छ ।

गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणीले ओभरमा २० विकेट ८ गुमाउदै १ सय ३८ रन बनायो । नारायणीका कार्यबाहक कप्तान करण केसी २२ बलमा १ चौका र ३ छक्का सहित ३२ रनमा आउट भए । तल्लोक्रममा आक्रामक ब्याटिङ गरेका किशोर महतो १४ बलमा २ चौका र ४ छक्का सहित ३६ रनमा अविजित रहे ।

एक समय १५.५ ओभरमा ७९–७ को अवस्थामा रहेको नारायणीलाई आठौं विकेटका लागि किशोर र करणले ५९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । दोस्रो ओभरको तेस्रो बलमा ओपनर राजु रिजाल शून्यमा रन आउट हुन पुगेका थिए । तेस्रो ओभरको पहिलो बलमा स्पिनर सूर्य तामाङले सन्दीप जोरालाई १ रनमा जितेन्द्र मुखियाबाट क्याच आउट गराए ।

मुखियाको सातौं ओभरको चौथो बलमा ओपनर रित गौतम १३ रनमा कट एण्ड बोल्ड आउट हुँदा नारायणी २७–३ को कमजोर अवस्थामा पुगेको थियो । रितले १७ बलमा २ चौका प्रहार गरे ।

नारायणीका मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर प्रर्दशन गर्न सकेनन् । कमलसिंह ऐरीले आठौैं ओभरको पहिलो बलमा ईशान पान्डेलाई विकेटकिपर विनोद भण्डारीबाट १० रनमा क्याच गराउँदै नारायणीमाथि निरन्तर दबाब बढाएका थिए । सूर्यले सिद्धान्त लोहनीलाई ८ रनमा एलबिडब्लू आउट गर्दा नारायणी १०.४ ओभरमा ४३–५ को कमजोर अवस्थामा पुग्दै संकटमा परेको थियो । स्पिनर भुवन कार्कीले १३ औं ओभरको पहिलो बलमा आरिफ शेखलाई ८ रनमा बोल्ड आउट गरे ।

अभिनास बोहराको १६ औं ओभरको पाँचौ बलमा सुशन १८ रनमा क्याच आउट भए । सुशनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । सुरुवाती ३ ओभरमा सूर्यले ४ रन मात्र खर्चिएका थिए । तर सूर्यले आफ्नो ब्यक्तिगत चौथो तथा १९ औं ओभरमा ३ छक्का र १ चौका सहित २३ रन खर्चेका थिए ।

स्पिनर सूर्य तामाङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अभिनास बोहराले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया, भुवन कार्की, कमल सिंह ऐरीले एक एक विकेट लिए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.