5 years ago
December 25, 2020
भुपेन्द्र जिसी, दाङ
नेपाली खेलकुदमा विभागीय टोलीले लगातार आफ्नो दबदबा जमाउँदै आएका छन् । राष्ट्रिय प्रतियोगितामा उपाधि दाबेदारमा विभागीय टोलीहरु अग्रस्थानमा आउछन् ।

अधिकांश उपाधि विभागीय टोली र खेलाडीले जित्ने गर्दछन् । विभागीय टोलीलाई कडा टक्कर दिने कमै प्रादेशिक टोली भेटिन्छन् । नेपाली खेलकुदमा तीन विभागीय टोलीबीच उच्च प्रतिस्पर्धा हुन्छ । क्रिकेटकै घरेलु प्रतियोगितामा पनि विभागीय टोलीलाई प्रादेशिक टोलीले बिरलै हराउँछन् ।
यदि कुनै प्रदेशको टोली राम्रो देखियो भने अर्को प्रतियोगितासम्म त्यस टोलीका केहि सदस्य विभागमा अनुबन्ध भइसक्छन् । प्रदेशमा एक सिजन राम्रो खेल्ने खेलाडीलाई विभागले आफूतिर तानिहाल्छन् । प्रदेशमा खेलाडीको भविष्य राम्रो नहुँदा विभागमा जान रुचाउँछन् । विभागमा खेलाडीले पाउने सेवा सुविधा, निरन्तर अभ्यास र मिहिनेत लगायतका थुप्रै कुराले खेलाडीको पहिलो रोजाई पर्छ ।
प्रदेशमा छनोटमै निष्पक्ष नभइको विवाद समय समयमा बाहिर आउने गर्दछ । प्रदेश छनोट निष्पक्ष नहुँदा प्रतिभावान् खेलाडीले मौका नपाएका गुनासो आइराख्ने गर्छ । प्रदेश टोलीलाई व्यवस्थापन गर्न नसक्दा कमजोर देखिएका छन् । प्रदेश टोलीमा जिल्ला जिल्ला हुँदै नयाँ उत्कृष्ट खेलाडी आउने हुँदा सम्भावना भने बढी देखिन्छ ।

शनिबार देखि दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा प्रधानमन्त्री महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । जुन कोरोना महामारी पछि नेपाली खेलकुदमा समूहको ठूला खेलको पहिलो राष्ट्रिय प्रतियोगिता हुने छ । कोरोना महामारीपछि नेपाली खेलकुदमा नयाँ सन्देश पनि प्रवाह गर्ने छ । पुस ११ देखि १९ सम्म चल्ने प्रतियोगिताको लागि प्रदेशहरुले आफ्नो टोली घोषणा गरि सकेका छन् ।
सात प्रदेश र एपिएफ गरि कुल ८ टोलीबीच दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा हुँदैछ । यसपटक महिला पीएम कपमा जिल्ला र प्रदेश छनोट हुँदै टोली घोषणा भएकोले बलियो टोली आउने आशा गरिएको छ । महिला पिएम कपमा यी ७ प्रदेशका ७ खेलाडी जुन एपिएफलाई निराश बनाउन नायक बन्न सक्नेछन् । हरेक प्रदेशका ७ प्रमुख खेलाडी यस प्रकार छन् ।
१. रुविना क्षेत्री बेलबासे (प्रदेश १)

प्रदेश १ को कप्तानी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले गर्नेछिन् । नेपाली क्रिकेटमा रुविनाको नाम उनको परिचय दिन पर्याप्त छ । रुविना ब्याट र बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै एक्लै खेल सहज जित बनाउन सक्ने क्षमता भएकी खेलाडी हुन् । प्रदेश १ उपाधिको बलियो दाबेदार टोली पनि हो ।
रुविनाले यसै हप्ता सकिएको छनोटमा इलामविरुद्ध उत्कृष्ट शतक प्रहार गरेकी थिइन् । यसले उनको लय उत्कृष्ट रहेको दर्साउँछ । नेपाली महिला क्रिकेटकी प्रमुख हतियार रुविना चलेको खण्डमा उनलाई रोक्न जुनसुकै टोलीलाई पनि कठिन पर्ने छ । उनले कस्तो प्रर्दशन गर्छिन् त्यसमा प्रदेश १ को नतिजामा पनि निर्भर रहन सक्छ ।
२. सरस्वती चौधरी (प्रदेश २)

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी नियमित सदस्य सरस्वती चौधरीले प्रदेश २ को कप्तानी गर्नेछिन् । नेपाली क्रिकेटबाट खेल्दै आएकी युवा तीव्र गतिकी बलर सरस्वती टोलीकी प्रमुख हतियार हुन् । उनले आफ्नो उत्कृष्ट बलिङमामा विपक्ष्यलाई निराश बनाउँदै सस्तैमा समेट्न सक्छिन् । प्रदेश २ लाई उत्कृष्ट नतिजा दिलाउन उनको निकै महत्वपूर्ण हुने छ ।
३. सुमन खतिवडा (बागमती)

युवा अलराउन्डर सुमन खतिवडा बागमती प्रदेशबाट खेल्ने छिन् । मध्य गतिमा बलिङ गर्ने सुमनले तल्लोक्रममा उत्कृष्ट ब्याटिङको क्षमता राख्छिन् । म्याच विनर अलराउन्डर सुमन ब्याट र बल दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै टोलीलाई जिताउन सक्ने क्षमता राख्छिन् । गत वर्ष सम्पन्न वुमन्स च्याम्पियनस लिगमा चितवन राइनोजलाई अपराजित रहँदै उपाधि दिलाउन समुनले उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेकी थिइन् । बलिङ र ब्याटिङ मात्र होईन फिल्डिङ पनि त्यतिनै उत्कृष्ट छ । बागमती प्रदेशको सुमन प्रमुख खेलाडी हुन् ।
४. शीला रेग्मी क्षेत्री (गण्डकी)

गण्डकी प्रदेशको कप्तानी अलराउन्डर शीला रेग्मी क्षेत्रीले कप्तानी गर्नेछिन् । शीलाले मध्यगतिमा बलिङ गर्दा ब्याटिङमा टोलीको आवश्यकता अनुसार मध्यक्रम र तल्लोक्रममा गर्ने गर्दछिन् । अलराउन्डर शीलाको प्रर्दशन गण्डकीलाई निकै महत्वपूर्ण हुने छ । उनीसँग डब्लूसिएल अनुभव छ । उनले डब्लूसिएल पोखरा पल्टनबाट खेलेकी थिइन् ।
५. नेरी थापा (लुम्बिनी)

बायाँ हाते अलराउन्डर नेरी थापाले लुम्बिनी प्रदेशको कप्तानी गर्ने छिन् । राष्ट्रिय टोलीकी पूर्व कप्तान नेरी टोलीकी सर्वाधिक अनुभवी खेलाडी हुन् । मध्यगतिमा बलिङ गर्ने उनले मध्यक्रममा ब्याटिङ गर्नेछिन् ।
झन्डै एक दशक नेपाली क्रिकेटको अनुभव रहेको उनी त्यसको फाइदा उठाउन सक्छिन् । उनले अलराउन्ड प्रर्दशन गर्दा टोलीलाई पनि सहज हुने छ । कप्तान नेरीको उच्च प्रर्दशन विना भने लम्बिनीलाई जित निकाल्न सहज हुने छैन ।
६. लक्ष्मी रिमाल (कर्णाली)

कर्णाली प्रदेशलाई अन्य टोलीले कमजोर प्रतिस्पर्धीका रुपमा लिने छन् । तर त्यसलाई गलत सावित गर्ने सोचमा कप्तान लक्ष्मी रिमाल हुने छिन् । रिमालले आफ्नो उत्कृष्ट प्रर्दशनमा ठूला टोलीलाई पनि निराश बनाउन खोज्ने छिन् । उनको उच्च प्रर्दशन विना भने कर्णालीलाई जित निकाल्न सहज हुने छैन ।
७. कविता कुवँर (सुदूरपश्चिम)

सुदूरपश्चिम प्रतियोगिता उपाधिको दाबेदार टोलीमा पर्छ । नेपाली क्रिकेट टोलीकी तीव्र गतिकी बलर कविता कुवँर सुदूरपश्चिम प्रदेशको प्रमुख सदस्य हुन् । कविताले तीव्र गतिसँगै मध्यक्रममा उत्कृष्ट ब्याटिङको क्षमता राख्छिन् ।
पछिल्लो समय नेपाली क्रिकेटबाट उत्कृष्ट अलराउन्डर प्रर्दशन गर्दै आएकी कविताको उच्च प्रर्दशन विना भने सुदूरपश्चिमलाई फाइनल सम्म पुग्न कठिन पर्ने देखिन्छ । कविता बलिङ र ब्याटिङ मात्र होईन फिटनेसमा पनि अब्बल खेलाडी हुँदा फिल्डिङमा पनि धेरै फाइदा पुग्ने छ । मध्यक्रममा ठूलो इनिङको क्षमता राख्ने कविताको उत्कृष्ट प्रर्दशनमा सुदूरपश्चिमले उपाधि जित्न सक्छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]