5 years ago
December 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दाङको लमहीमा शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितालाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गर्ने भएको छ ।

क्रिकेट संघ नेपाल (क्यान) ले एक विज्ञप्तिमार्फत सगरमाथा सिमेन्टसँग प्रायोजन सम्झौता पक्का भएको जनाएको छ । यसअघि धनगढीमा आयोजना भएको महिला प्रतियोगिता देखि जोडिएको स्मरण गर्दै सगरमाथा सिमेन्टका बजार प्रमुख प्रतीक अधिकारीले त्यसैको सफलता र महिला क्रिकेटको विकासमा आफ्नो ठाँउबाट सहयोग गर्ने उद्देश्यका साथ फेरि पनि प्रायोजन गरिएको बताए ।
प्रतियोगितामा एपीएफसँगै ७ प्रादेशिक टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा शनिबार विहान ९ बजे लुम्बिनी प्रदेश र प्रदेश २ ले उद्घाटन खेल खेल्नेछन् ।
प्रतियोगिताको समूह ए मा साविक विजेता एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन् । दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल पुष १९ गते हुनेछ । प्रतियोगिता को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्नेछ ।

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]