default_image

5 years ago

December 25, 2020

महिला पीएम कपको पुरस्कार राशी घोषणा

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता पुरस्कार राशी घोषणा भएको छ ।

शनिबारदेखि सुरु हुने प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने भएका छन् । उप-विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले २५-२५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन् ।

हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा पुस ११ देखि १९ सम्म चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुने छ ।

समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् । प्रतियोगिता २० ओभरको हुने छ । पहिलो खेल विहान नौं र दोस्रो खेल १ बजेबाट सुरुहुने छ । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । दुबै सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ ।

शुक्रबार सम्म बागमती बाहेक अन्य सबै प्रदेशले आफ्नो प्रादेशिक छनोट सक्दै टोली घोषणा गरेका छन् । खेलको प्रत्यक्ष प्रसार डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्सले गर्ने छ । प्रतियोगिता मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग) पछि महिला क्रिकेट टोलीले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेका हुन् । कोराना महामारीपछि नेपालमा हुन लागेको प्रमुख राष्ट्रिय प्रतियोगिता भएको हुँदा पनि यसलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.