default_image

5 years ago

December 25, 2020

सागरमाथा महिला पीएम कप : उपाधिका प्रमुख तीन दाबेदार

149 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – दाङको लमहीमा शनिबारदेखि सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । पुस ११ देखि १९ सम्म लमहीमा रहेको देउखुरी मैदानमा चल्ने प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् । प्रतियोगिता २० ओभरको हुने छ । पहिलो खेल विहान नौं र दोस्रो खेल १ बजेबाट सुरुहुने छ । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । दुबै सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ ।

शुक्रबार सम्म बागमती बाहेक अन्य सबै प्रदेशले आफ्नो प्रादेशिक छनोट सक्दै टोली घोषणा भएका छन् । नेपाली महिला घरेलु प्रतियोगितामा एपिएफले दबदबा कायम गर्दै आएको छ । यस पटक जिल्ला र प्रदेश छनोट हुँदै टोली घोषणा भएको हुँदा प्रदेश टोलीले राम्रो प्रर्दशन गर्ने आशा गरिएको छ । घोषणा टोलीमा रहेका खेलाडी हेर्दा यस पटक केहि प्रदेश टोली उपाधिका दाबेदार देखिन्छन् । सबै टोलीमा रहेका खेलाडी हेर्दा महिला पीएम कपको उपाधि यी तीन टोलीले जित्न सक्छन् ।

३. सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम युवा खेलाडी विन्दु रावलको कप्तानीमा खेल्ने छ । घोषणा युवा खेलाडीको बाहुल्याता छ । टोलीमा नेपाली क्रिकेटकी पूर्व कप्तान रित कनौजिया पनि यस पटक सुदूरपश्चिमबाटै खेल्ने छिन् । यस अघि उनी एपिएफबाट खेल्ने गर्दथिन् । रितुसँगै युवा अलराउन्डर कविता कुवँर र डली भ्टट जस्ता अलराउन्डर टोलीमा हुँदा बलियो देखिन्छ । डली आक्रामक ब्याटिङका लागि परिचित युवा ब्याटर हुन् । कविता तीव्र गतिसँगै मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछिन् ।

रुवि पोदार, मञ्जु बोगटी, रेवती धामी, लक्ष्मी साउँद, दीपा जोरा लगायतका नियमति घरेलु क्रिकेट खेल्दै आएका युवा खेलाडी छन् । कप्तान विन्दु रावल राम्रो ब्याटिङ गर्ने गर्दछिन् । युवा जोशले भोरिएको सूदरपश्चिमले गत वर्ष धनगढीमा भएको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन बनेको थियो । यस पटक पनि उपाधीको दाबेदार टोली देखिन्छ ।

२. प्रदेश नम्बर एक

यस पटक प्रादेशिक टोलीमा प्रदेश एक सवैभन्दा बलियो टोली देखिएको छ । प्रदेश १ मा कप्तान रुविना क्षेत्री बेलबासेले कप्तानी गर्नेछिन् । अलराउन्डर रुविनाले एक्लै खेल जित सहज बनाउन सक्ने क्षमता राख्छिन् । रुविना मात्र होईन, काजल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई जस्ता नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी पनि प्रदेश एक बाट खेल्दै छन् ।

अप्सरी, रुविना, काजल र रोमा जस्ता चर्चित ब्याट्सवुमन हुँदा ब्याटिङ लाइनअप निकै बलियो देखिएको छ । युवा खेलाडीमा लाखिता राजवंशीले पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । बलिङमा अलराउन्डरमा रुविना, अप्सरी, सबनम, संगिता, निशा साह ज्योती दनुवार लगायतका खेलाडी हुँदा प्रदेश एक निकै बलियो देखिएको छ । प्रदेश एकलाई हराउँन विभागीय टोलीलाई पनि कठिन पर्ने देखिन्छ ।

१. एपिएफ

विभागी टोली एपिएफ नेपाली महिला घरेलु क्रिकेटमा सधैं उपाधिको प्रमुख दाबेदार टोली पर्दछ । एपिएफमा नेपाली क्रिकेटसँगै घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका छन् । कप्तानी राष्ट्रिय टोलीकी उप कप्तान समेत रहेकी सीता राना मगरले गर्ने छिन् । टोलीमा सीतासँगै सरिता मगर र इन्दु बर्मा जस्ता नेपाली क्रिकेटका चर्चित नाम एपिएफमा छन् ।

सोनु खड्का, ममता चौधरी, ज्योती पान्डे पनि एपिएफमै छन् । यस पटक तीव्र गतिका बलर इश्वरी विष्ट र सुमन बिष्ट पनि एपिएफमा छन् । सुदूरपश्चिमका यी दुई नेपाली खेलकुदमा ठूला सम्भावना बोकेका खेलाडी हुन् । अनुभवी बिनु मगर पनि टोलीमा छिन् । स्पिनर करुण भण्डारीसँगै युवा खेलाडी राजमती ऐर लगायतका खेलाडी एपिएफमा छन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.