5 years ago
December 26, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता आजदेखि दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा सुुरु हुँदैछ ।

उद्धघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता पुस ११ देखि १९ सम्म चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफ छन् । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् ।
समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल पुस १८ मा हुने छ । फाइनल पुस १९ मा हुने छ । प्रतियोगिता २० ओभरको हुने छ । पहिलो खेल विहान नौं र दोस्रो खेल १ बजेबाट सुरुहुने छ ।
महिला पीएम कपको विजेताले नगद ५ लाख र उप-विजेता टोलीले ३ लाख प्राप्त गर्नेछन् । सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले २५-२५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले २१ हजार, प्रतियोगिता उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन् । हरेक खेलको प्लेयर अफ म्याच घोषित हुने खेलाडीले २ हजार प्राप्त गर्नेछन् ।

सुरुमा समूह ए का खेल हुने छ । समूह ए का चारै टोली शुक्रबारनै मैदानमा आइपुगेका छन् । मैदानको आउटफिल्डमा भने अघिकाम्स ठाउँमा पाँगो माटो रहेको हुँदा फिल्डिङमा समस्या हुने अनुमान गरिएको छ ।
अर्कोतर्फ सन् २०२० मा नेपाली महिला क्रिकेट टोलीले कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ष्ट्रििय प्रतियोगिता खेलेका छैनन् । जसले गर्दा ग्रेड विभाजनमा पनि यस प्रतियोगिता प्रर्दशनलाई आधार मान्ने सम्भावना छ । क्यानले पहिलो पटक महिला क्रिकेटलाई ग्रेडमा राख्दै पारिश्रमिक विभाजन गरि सकेको छ । सन् २०२० मा सुरुवाती ६ महिना विभाजन गरेपनि बाँकी ६ महिना बाँकी छ ।
खेलको प्रत्यक्ष प्रसार डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्सले गर्नेछ । प्रतियोगिता मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको छ । गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला क्रिकेट टोलीले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेका हुन् । कोराना महामारीपछि नेपालमा हुन लागेको प्रमुख राष्ट्रिय प्रतियोगिता भएको हुँदा पनि यसलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]