5 years ago
December 26, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको लागि उपाधिको दाबेदार तथा साविक विजेता एपिएफले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।

राष्ट्रिय टोलीकी उपकप्तान समेत रहेकी सीता रानामगरको कप्तानीमा एपिएफले बलियो टोली घोषणा गरेको छ । यस पटक तीव्र गतिकी बलर ईश्वरी विष्टले एपिएफबाट खेल्ने छिन् । यसअघि इश्वरीले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गर्दथिइन् । समूह ए मा एपिएफसँगै लुम्बिनी, कर्णाली र प्रदेश नम्बर २ छन् ।
एपिएफले शनिबार कर्णाली प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । आइतबार एपिएफले प्रदेश २ विरुद्ध खेल्ने छ । सोमबार लुम्बिनीविरुद्ध खेल्ने छ । सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ । सबै खेल लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा हुने छन् ।
समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । दुवै समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल पुष १९ गते हुनेछ । प्रतियोगिता को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्नेछ । शनिबारदेखि सुरु हुने प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने भएका छन् । उप-विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले २५-२५ हजार प्राप्त गर्नेछन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन् । हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
एपिएफ टोली : सीता रानामगर (कप्तान), बिनु बुढामगर, ज्योती पान्डे, सुष्मा श्रेष्ठ, प्यारी चौधरी, सुमन बिष्ट, ममता चौधरी, सरिता मगर, ईन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, रेखा रावल, खिना कुमारी थापा, ईश्वरी विष्ट र राजमति ऐर ।
ब्यवस्थापक : रबिना राई
प्रशिक्षक : राजेश श्रेष्ठ
मेडिकल ः सन्जु लामा
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]