5 years ago
December 26, 2020
एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङको सहयोगमा न्युजिल्यान्डले पाकिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा बलियो प्रर्दशन गरेको छ ।

बे ओभलमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पहिलो दिनको समाप्तीमा ८७ ओभरमा २२२–३ को बलियो अवस्थामा छ । कप्तान केन विलियम्सन २ सय ४३ बलमा ८ चौका र १ छक्का सहित ९४ रनमा अविजित छन् । विलियम्सनलाई हेनरी निकोल्सले ४२ रनबाट साथ दिनेछन् । निकोल्स एक सय बलमा ४ चौका प्रहार गरेका छन् ।
घरेलु टोलीको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको तेस्रो बलमा शाहिन अफ्रिदीले अजहर अलीबाट ओपनर टम लाथमलाई ४ रनमा क्याच आउट गराए । अफ्रिदीले ११ औं ओभरको दोस्रो बलमा टम ब्यान्डेललाई ५ रनमा यासिर शाहबाट क्याच गराए ।
तेस्रो विकेटका लागि विलियम्सन र रस टेलरले १ सय २० रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । अफ्रिदीलेनै ५७ औं ओभरमा टेलरलाई विकेटकिपर मोहम्मद रिजवानबाट ७० रनमा क्याच आउट गर्दै उक्त साझेदारी तोडे । टेलरले १ सय ५१ बलमा १० चौका र १ छक्का प्रहार गरे ।
चौथो विकेटका लागि निकाल्स र विलियम्सनले ८९ रनको साझेदारी गरि सकेका छन् । पाकिस्तानका युवा तीव्र गतिका बलर शाहिन अफ्रिदीले २० ओभरमा ५ मेडन राख्दै ५५ रन खर्चेर ३ विकेट लिए । अन्य बलरले भने विकेट लिन सकेका छैनन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]