default_image

3 years ago

December 29, 2020

अब त क्रिकेट नै खेल्ने हो, तर..

भुपेन्द्र जिसी, दाङ मिति : २०७७ पुष ११ प्रतियोगिता : सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता २०७७ खेल : एपिएफ विरुद्ध कर्णाली १७.४ ओभर : एपिएफकी कप्तान तथा राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर अन्जु गुरुङको बलमा बोल्ड भइन् । टोलीको योगफल १९६-२ को स्थितिमा सीता व्यक्तिगत ६८ रनमा खेलिरहेकी थिइन् । ठूलो सट खेल्न जाने धुनमा उनले लाइनको बल मिस गरिन् र बोल्ड हुन […]

119 views

0 Bookmark

भुपेन्द्र जिसी, दाङ

मिति : २०७७ पुष ११

प्रतियोगिता : सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता २०७७

खेल : एपिएफ विरुद्ध कर्णाली

१७.४ ओभर : एपिएफकी कप्तान तथा राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर अन्जु गुरुङको बलमा बोल्ड भइन् । टोलीको योगफल १९६-२ को स्थितिमा सीता व्यक्तिगत ६८ रनमा खेलिरहेकी थिइन् । ठूलो सट खेल्न जाने धुनमा उनले लाइनको बल मिस गरिन् र बोल्ड हुन पुगिन् । विकेट लिनेबितिक्कै बलर अन्जुले टोलीसँग खुसी साटिन् । तर उक्त विकेटको असली खुसी उनले खेल सकिएपछि होटेल पुगेर मात्र व्यक्त गरिन् । जब उनले थाहा पाइन् सीता राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान हुन् ।

अन्जुले होटेलमा सीता राष्ट्रिय टोलीको उपकप्तान रहेको थाहा पाएपछि कति खुसी थिइन् भन्ने कुरा अर्को दिन टोली व्यवस्थापक भुवन कोइरालाले मैदानमा बताउँदै गर्दा नै आनन्द लाग्यो । अन्जुलाई सीता मात्र होइन, कुन टोलीमा को खेलाडी छन् भन्ने पनि हेक्का छैन । कारण उनले क्रिकेट खेल्न थालेको २ साता पनि पुगेको छैन, बुझ्न त अझै धेरै बाँकी नै छ ।

कुनैपनि खेलाडीको लागि राष्ट्रिय प्रतियोगिता त्यस देशको सिनियर टोलीसम्म पुग्ने प्रमुख आधार हो । राष्ट्रिय प्रतियोगिता खेलेको खेलाडीमा कम्तिमा पनि जिल्लास्तरिय प्रतियोगिता अनुभव हुन्छ होला भन्ने धेरैको धारणा हुन्छ । विभिन्न क्लब, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको हुनुपर्छ । कुनै पनि खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नु अघि कुनै न कुनै प्रतियोगिता अनुभव हुन्छनै । एउटा खेलाडी राष्ट्रिय प्रतियोगितामा पर्न केहि समय लाग्छ । खेलाडीको मिहिनेत, क्षमता, प्रतिभा र प्रशिक्षणमा बढी निर्भर रहन्छ ।

कुनैपनि नयाँ खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन कति समय लाग्ला ? यसको जवाफ केहि वर्ष भन्नेमै आउँछ । तर सुर्खेतकी २१ वर्षिय मध्य गतिकी बलर अन्जु क्रिकेट सिक्न थालेको दुई हप्तामै कर्णालीको टोलीमा परिन् । शनिबार एपिएफविरुद्ध अन्जुले राष्ट्रिय प्रतियोगितामा डेब्यू गरिन् । उनको रोचक क्रिकेट यात्रा र कुनै चलचित्रको कथाजस्तै छ । सुन्दा नाटकीय तर यथार्थ ।

प्रतियोगितामा कर्णालीको प्रर्दशन कमजोर रह्यो । कर्णाली एपिएफविरुद्ध ३१ रनमा अल आउट हुँदा २ सय ४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । जसक्रममा ६७ रन एक्स्ट्रा रहेको थियो । दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटले पराजित भयो । अन्तिम खेलमा कर्णाली प्रदेश २ विरुद्ध १ सय ४३ रनले पराजित भएको थियो । प्रदेश २ विरुद्ध कर्णालीले १ सय ६६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ९ विकेट गुमाउँदै २२ रन जोडेका थिए ।

ब्याटिङ, बलिङ, फिल्डिङमात्र होइन सामान्य नियमनै कर्णालीका केहि खेलाडीलाई थाहा नभएको मैदानमा देखिन्थ्यो । भर्खर क्रिकेट सिक्दै गरेका खेलाडीका साथ राष्ट्रिय प्रतियोगिताका लागि आएको कर्णालीले प्रर्दशन उसको स्तर अनुसार स्वभाविक पनि देखिन्थ्यो ।

अन्जुको हकमा उनले मंसिर २५ बाट क्रिकेट सिक्न थालेकी थिइन् । सुर्खेतको इद्राममा रहेको एमएस क्रिकेट एकेडेमीमा उनले केहि दिन आउने-जाने गरिन् । एकेडेमी पनि घरबाट झन्डै डेढ घण्टा टाढा थियो । यसअघि फुटबल खेल्दै आएकी उनलाई साथिहरुले प्रतियोगिता हुँदैछ भन्ने जानकारी दिएका थिए । उनले एकपटक प्रयास गर्ने अठोट गरिन् । ड्युज बल समातेको पहिलो प्रयासमै अन्जु कर्णाली प्रदेशको टोलीमा पर्न सफल रहिन् ।

विं.स २०५६ सालमा असार १९ गते बुबा श्याम बहादुर गुरुङ र आमा पूर्णमाया गुरुङको काखबाट चौथो सन्तानको रुपमा उनको जन्म भएको हो । उनको बुबाले रिक्सा चलाउछन् । उनका तीन दिदीहरु छन् । तीनैको विवाह भई सकेको छ । उनको घरबाट एकेडेमी जान झन्डै डेढ घण्टा लाग्छ ।

‘एकेडेमी अलि टाढा छ । कहिले काहिँ बुबाले आधा बाटो सम्म रिक्सामै पुर्याइदिनु हुन्छ । कहिले हिड्दै जान्छु । सानैदेखि खेल प्रति अत्याधिक रुचि थियो । गाउँमा सानोमा केटाहरुसँगै फुटबल खेल्ने गर्थें । रमाइलोका लागि ८–९ वर्ष हुँदा टेनिस बलले क्रिकेट खेलेको याद छ । त्यसपछि भने नियमित फुटबल नै खेल्न थालें । अहिले साउथ एसिया कलेजबाट कक्षा १२ को परिक्षा दिएर बसेकी छु,’ अन्जुले भनिन् ।

‘सानैदेखिनै खेलकुदमा धेरै रुचि राख्थें । फुटबल अलि सहज र धेरैले खेल्ने हुनाले त्यति व्यस्त भएँ । साथीहरु पनि चिन्न थालें । लकडाउनले गर्दा फुटबल पनि बन्द जस्तै भयो । क्रिकेटको खेल हुन लागेको थाहा पाए पछि साथीहरुले जाउँ भनें,’ उनले सुनाइन्, ‘बहिनीहरुसँग मंसिर २५–२६ गते तिर पहिलो पटक एकेडेमी पुगेको थिएँ । अनि केहि दिनपछि नै कालिञ्चोक मैदानमा गएर दुई दिन खेलें ।’

‘अहिले दिन गन्दा पनि म क्रिकेट खेल्न थालेको १२–१३ दिन भयो । फुटबलमा राष्ट्रिय प्रतियोगिता खेलिसकेको छु । आठौं राष्ट्रिय फुटबल प्रतियोगिता कर्णालीबाट खेलेकी थिए । बुबा आमासँगै क्रिकेट खेल्नमा साथी कृतिसेन ठकुरी, सुस्मिता शाही र अन्शु शाक्यले राम्रो साथ र सहयोग दिए ।’

‘सुर्खेतमा क्रिकेट खेल्ने टोली नै थिएन । बलर कोहि थिएन । हामी तीन चार जना थियौं । मैले टोलीमा पर्छु र प्लेइङ ११ मा स्थान बनाउछु भन्ने त सोचेको पनि थिएन । मलाई क्रिकेटको केहि पनि थाहा छैन । अहिले सम्म क्रिकेटमा नेपाल र विदेशका कुनैपनि खेलाडीलाई चिन्दैन । अभ्यासमा जान थालेपछि युट्युबबाट सामान्य जानकारी लिने प्रयास गरिरहेको छु । टोलीको प्रशिक्षण पनि जम्मा दुई दिन भयो,’ उनले थपिन् ।

‘खेलको लागि बाबा र मम्मी दुवैको राम्रो साथ छ । म खेल्न जता गएपनि मलाई कहिले रोक्नु भएन । सहयोग गर्नुहुन्छ । म कर्णालीको क्रिकेट टोलीमा परेको अन्शुले जानकारी दिएकी थिइन् । पहिलो पटक १०–१२ दिन अभ्यास गरेर राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै यस्तो प्रर्दशन गरे । आगामी दिनमा राम्रो अभ्यास, प्रशिक्षण र एकेडेमी पाउने हो भने मैले केहि गर्नसक्छु भन्ने आत्माविश्वास प्रतियोगिताले देखाएको छ,’ अन्जुले भनिन् ।

क्रिकेट सिकेको दुई हप्तामै डेब्यू गर्दै राष्ट्रिय टोलीकी उप कप्तानको विकेट लिन सकेभने आगमी दिनमा म धेरै माथी जान सक्छु भन्ने कुरा प्रशिक्षक रोशन शाही सामु बताएकी थिइन् । प्रशिक्षक शाही उनको आत्माविश्वासकै कारण क्रिकेट भर्खर सिक्न थालेपनि टोलीमा स्थान दिएको बताउँछन् ।

‘म पनि एउटा खेलाडी । खेलाडीको आत्माविश्वास हेरेरै थाहा हुन्छ । अन्जु हाम्रो जिल्लाको फुटबल खेलाडी हुन् । उनी क्रिकेट खेल्छिन् भन्ने मैले कहिल्यै देखेको र थाहा थिएन । एक्कासी मैदान आएपछि हामी सबैलाई थाहा भएको हो । उनको आत्मविश्वास देख्दा मलाई लाग्यो दुई चारदिनमै मज्जाले खेल्न सक्छिन् । र प्रमाणित पनि गरिन्,’ प्रशिक्षक शाहीले सुनाए ।

‘उनले क्रिकेटलाई नै निरन्तरता दिने हो भने आउने दिनमा अझ उत्कृष्ट प्रर्दशन गर्नेछिन भन्नेमा मलाईपूर्ण विश्वास छ । हामीबाट राम्रो सहयोग भयो भने उनी धेरै माथि जाने क्षमता देखिन्छ । प्रतिभा उत्कृष्ट छ,’ शाहीले थपे, ‘नेपाली टोलीमा भविष्य बनाउन खेलसगसँगै हाम्रो संघ पनि बलियो हुनुपर्छ ।’

‘उनको ठाउँबाट बोल्दिने कोहि नहुने, संघले पनि मतलब गर्दैन भने जति उत्कृष्ट प्रतिभाको खेलाडी भएपनि अघि बढ्न कठिन हुन्छ । वर्षमा एउटा खेल हुन्छ । अब एउटा खेलले केनै गर्न सकिन्छ र ? संघले राम्रो गर्नुपर्यो । प्रतियोगिता गराउनु पर्यो । वर्षमा एउटा प्रतियोगिता खेलेर खेलाडी राम्रो बन्न सक्दैन’, शाहीले प्रष्ट पारे ।

यता अन्जु भने पहिलो सहभागिताले निकै उत्साह र आत्मविश्वास बढाएको बताउँछिन् । ‘मैले क्रिकेटका कुनैपनि खेलाडी चिनेको छैन । क्रिकेटमा यो मेरो पहिलो प्रतियोगिता हो । सीता एपिएफको कप्तान र राष्ट्रिय टोलीको उप कप्तान हुनुदो रहेछ भन्ने पछिमात्र थाहा पाए’, उनले भनिन्, ‘पहिलो खेलको प्रर्दशनले दोस्रो खेलमा आत्माविश्वासी बढाई सकेको थियो । पहिलो खेलमा एउटा विकेट लिएपछि दोस्रो खेलमा पनि अर्को त लिन्छु भन्ने थाहा थियो र लिएँ पनि । विकेट लिएँ धेरै खुसी लाग्छ ।’

दोस्रो खेलमा अन्जुले लुम्बिनीकी ओपनर गीता गोसाईलाई ४ रनमा एलबिडब्लू आउट गरेकी थिइन् । जुन कर्णालीका बलरले लिएको एक मात्र विकेट थियो । ‘सुरुमा त मलाई केहि सक्दिन भन्ने लागेको थियो । डर पनि थियो । पहिलो खेल भएको कारण सुरुमा वाइड पनि धेरै गयो । तर पछि भने राम्रो भयो । जस्तो भएपनि सक्द्रो राम्रो खेल्छु भन्ने आँट मनमा थियो,’ अन्जुले थपिन् ।

पहिलो खेलमा उनले ४ ओभरमा ५१ रन खर्चेर १ विकेट लिएकी थिइन् । जसक्रममा उनले ११ वाइड र ५ नो बल गर्न पुगेकी थिइन् । उनले सुरुको खेलमा एकपछि अर्को वाइड गरेकी थिइन् । उनले क्रिकेट सिक्न थालेको भर्खर जस्तो प्रष्ट थियो ।

क्रिकेट सिकेकै छोटो समयमा नै प्रचुर सम्भावना देखेपछि राम्रो प्रशिक्षण पाउने हो भने यो भन्दा धेरै सुधार गर्न सक्ने आत्माविश्वास जागेको अन्जु बताउँछिन् । ‘मैले राम्रो गर्न सके भने बुबालाई पनि सहज हुन्थ्यो । मैले आगमी दिनमा राम्रो काम गर्न सकें भने बुबालाई पनि गर्व हुन्थ्यो । म क्रिकेटबाट अब त्यहि चाहन्छु,’ उनले भनिन् । बुबाको संघर्षसँगै खेलकुदमा दिएको साथ, माया र प्रेरणा सम्झदा उनी निकै भावुक हुन्छिन् ।

‘आठौं राष्ट्रिय फुटबल प्रतियोगिता मैले कर्णालीबाट खेलेको थिए । फुटबलमा त्यति राम्रो थिएन । क्रिकेटमा खै कसरी आफैं राम्रो भएँ । सानोमा स्कुलदेखि फुटबल खेल्थें । सुर्योदय बोर्डिङ स्कुलदेखि खेलेको थिए,’ उनले यात्राको बेलिबिस्तार लगाइन्, ‘मैले पहिलो प्रतियोगिता दुई वर्षअघि बर्दिया भएको दमौली कप उपाधि जितेका थिएँ । म कर्णालीबाटै खेलेको थिए । केहि महिनाअघि काठमाडौंमा हल्चोकमा भएको नगरपालिका स्तरिय फुटबल प्रतियोगिता पनि खेलें । अब भने क्रिकेटतिर नै लाग्ने सोचेको छु ।’

क्रिकेट खेल्ने इच्छा भएपनि त्यसका लागि स्रोत जुटाउन भने कठिन रहेको अन्जु बताउँछिन् । ‘क्रिकेट खेल्न सोचेजस्तो सहज भने छैन । बुबा रिक्सा चलाउनु हुन्छ । समान जोरजाम गर्न नै कठिन छ,’ उनले सुनाइन्,’ अहिले त प्रतियोगिता खेल्न सबै समान मागेर चलाएको हो । एकेडेमीबाटै मागेर ल्याएको थिए । किट, ब्याट सबै मागेर ल्याएका हौं ।’

‘एकेडेमी नभएको भए त सिक्न सक्ने अवस्था थिएन । बल समेत मागेरै लिएका हौं । हामीले अभ्यासमा नयाँ बलले पनि सिक्न पाएनौ । पुराना बलले नै अभ्यास गरेका थियौं । फुटबल भन्दा क्रिकेट राम्रो लाग्यो । प्रदर्शनले त झन् आत्मविश्वास बढेको छ,’ उनले थपिन् ।

‘हाम्रो ठाउँमा प्रशिक्षक पनि हुनुहुन्न । एकेडेमीमा कोचलाई मैले राम्रोसँग चिनेको छैन । कर्णालीमै नेपाल क्रिकेट संघ, कर्णाली प्रदेश र सुर्खेतले राम्रो प्रशिक्षक र एकेडेमीको व्यवस्था गरे म मात्र नभएर कर्णालीको क्रिकेटमा धेरै सहयोग पुग्थ्यो । म जस्ता धेरै रहर भएका खेलाडीले राम्रोसँग सिक्न पाउथ्यौं ।’

‘नियमित अभ्यास मात्र गर्न पाए अहिलेको जस्तो खराब नतिजा कसैले देख्नु पर्दैन थियो । राष्ट्रिय प्रतियोगितामा समेत सामान मागेरै चलायौं । किन्न निकै महँगो पर्ने रहेछ । किटदेखि हेल्मेट सम्म सबै मागेरै लिएर आएका थियौ । मागेर लिएको सामानले खेल्न कठिनाइ हुने नै भयो । अब प्रशिक्षणमा त झनै समस्या छ । ‘

आत्मविश्वास र प्रतिभाकी धनी अन्जुले क्रिकेट सिकेको दुई हप्तामा जुन सम्भावना देखाएकी छिन् त्यसले नेपाली क्रिकेटमा राम्रो सम्भावना रहेको आँकलन गर्न सकिन्छ । क्षमता रहेका खेलाडीको खेलमा निखारता ल्याउन राम्रो एकेडेमी र प्रशिक्षकको आवश्यक पर्दछ । अन्जु त स्रोत र साधनको पहुचबाट टाढा रहेकी एक उदाहरण पात्र मात्र हुन् ।

अन्जुले काठमाडौंमै गएर एकेडेमीमा क्रिकेट सिक्ने सोच पनि नबनाएकी होइनन् । तर आफ्नो आर्थिक अवस्था कमजोर हुँदा त्यो सम्भव नभएको उनी बताउँछिन् । त्यसैले नेपाल क्रिकेट संघ र सुर्खेत क्रिकेट संघले स्थानीय स्तरमा नै प्रशिक्षण गर्ने पूर्वाधार बनाउन उनले आग्रह गरेकी छिन् ।

अन्जु र कर्णाली क्रिकेट नेपाली खेलकुद प्रतिनिधि पात्र मात्र हुन् । कतै अवसर नपाएका, त कतै प्रतिभा भएर पनि खेलमा लाग्न नपाएका खेलाडी प्रशस्त छन् । यसका लागि सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्ने देखिन्छ । जिम्मेवार व्यक्ति र संघले आफ्नो जिम्मेवारी निस्वार्थ पूरा गर्न तर्फ लाग्ने हो कर्णालीमात्र होईन समग्र नेपाली महिला क्रिकेटले फड्को मार्नेमा भने कुनै शंका छैन ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.