default_image

5 years ago

December 29, 2020

रुविना र निग्मा चम्कँदा प्रदेश १ को विजयी सुरुवात

152 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे र युवा मध्य गतिकी बलर निग्मा तामाङको उत्कृष्ट प्रर्दशनको सहयोगमा प्रदेश १ ले प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह बी को दोस्रो खेलमा मंगलबार प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि पाएको १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको बागमती १६.४ ओभरमा ६० रनमा अल आउट भयो।

बागमतीकी ओपनर कञ्चन श्रेष्ठले १३, सुमन खतिवडाले १२, हेलिसा गुरुङ ८, सुजिता थापा ९ र आरती बिडारीले ८ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । मध्यगतिकी बलर निग्मा तामाङले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । अप्सरी बेगमले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, एलिसा कदरिया र निसा साहले १–१ विकेट लिए ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाए । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री बेलबासेले ५५ बलमा ६ चौका सहित ५५ रनको योगदान दिइन् ।

पहिलो ओभरको पहिलो बलमा ओपनर काजल श्रेष्ठलाई युवा तीव्र गतीकी बलर कृष्मा गुरुङले आरतीबाट शून्यमा क्याच आउट गराएकी थिइन् । आठौं ओभरको पाँचौ बलमा स्पिनर रोमा थापालाई स्पिनर निशा तामाङले ४ रनमा एलबिडब्लू आउट गर्दै टोलीलाई तेस्रो सफलता दिलाएकी थिइन् ।

१६ औं ओभरमा कप्तान रुविना र युवा ब्याटर लाखिता राजवंशी आउट भएपछि बागमती खेलमा फर्केको थियो । दोस्रो बलमा रुविना सुमन खतिवाडा र पाँचौ बलमा निशाबाट लाखितालाई ४ रनमा क्याच गराएपछि बागमती खेलमा फर्किएको थियो ।

अप्सरी बेगम १३ बलमा १ छक्का सहित १६ रनमा अविजित रहिन् । जुन छक्का जारी प्रतियोगिताको पहिलो छक्का समेत हो । निग्मा तामाङ ५ रनमा अविजित रहिन् । स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । निग्मा तामाङ, अस्मिना कर्माचार्य र कृष्मा गुरुङले १–१ विकेट लिइन् । बुधबार पहिलो खेलमा सुदूरपश्चिम र प्रदेश १ खेल्ने छन् । दोस्रो खेलमा बागमती र गण्डकी खेल्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.