5 years ago
December 30, 2020
एजेन्सी – पूर्व कप्तान फाफ डु प्लेसिसको सानदार ब्याटिङको सहयोगमा श्रीलंकासँग पहिलो टेष्ट खेलमा दक्षिण अफ्रिका ४५ रनको इनिङ अन्तरले विजयी भएको छ । योसँगै दुई टेष्टको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

पहिलो इनिङमा २ सय २५ रनले पछि परेको श्रीलंका दोस्रो इनिङमा चौथो दिन ६५-२ को अवस्थाबाट सुरुवात गर्दा १ सय ८० रनमा अल आउट हुनेपछि इनिङ अन्तरले पराजित भएको हो । कुशल परेराले ८७ बलमा १० चौका सहित सर्वाधिक ६४ रनको योगदान दिए । वानिन्दु हसरंगा ५९, दीनेश चान्डिमल २५ र निरोशन डिक्वेलाले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिका लुन्गिी एनगिडी, एनरिच नोर्किया, वियन मुल्डर र लुथो सिपम्लाले २-२ विकेट लिए ।
अफ्रिका पहिलो इनिङमा ६ सय २१ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका फाफ डु प्लेसिसले आफ्नो टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ७६ बलमा २४ चौका सहित १ सय ९९ रनमा क्याच आउट हुन पुगे । १ सय ३८ औं ओभरमा वानिन्दु हसरंगाको बलमा मिड अनमा करुणारत्नेबाट क्याच आउट भएपछि आफ्नो टेष्ट करिअरको पहिलो दोहोरो शतक बनाउन डु प्लेसिस मात्र एक रनले चुकेका थिए । फाफ डु प्लेसिस प्लेयर अफ द म्याच चुनिए ।
ओपनर डिएन एल्गरले १ सय ३० बलमा १६ चौका सहित शतक नजिक पुगेर ९५ रनमा आउट हुन पुगे । एडेन मारक्रम ६८, टेम्बा बभुमा ७१, केशव महाराज ७३ र वियन मुल्डर ३६ रनमा आउट भए । श्रीलंका वानिन्दु हसरंगाले सर्वाधिक ४ विकेट लिए । विश्व फ्रेर्नान्डो ३ र दसुन शनका २ विकेट लिए ।

त्यसअघि सुपर स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३ सय ९६ रनमा अल आउट भएको थियो । सुरुवात कमजोर गरेपनि चौथो विकेटका लागि चान्डिमल र शिल्भाले १ सय ३१ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए । चान्डिमल १ सय ६१ बलमा ११ चौका सहित ८५ रनमा आउट भए । डी शिल्भा १ सय ६ बलमा ११ चौका र १ छक्का सहित ७९ रनमा रिटायर्ट हर्ट भएका हुन पुगे ।
पाँचौ विकेटका लागि चान्डिमल र निरोशन डिक्वेलालले ९९ रनको साझेदारी गरेका थिए । मुल्डरलेनै डिक्वेलालाई ४९ रनमा एलबिडब्लू आउट गरे । डिक्वेलाले ८६ बलमा ६ चौका प्रहार गरे । कप्तान दिमुथ करुणरत्नेलाई लुन्गी एनगिडीले २२ रनमा बोल्ड आउट गरे ।
कुशल परेरा १६ र कुशल मेन्डिस १२ रनमा आउट हुन पुगेपछि एक समय कमजोर सुरुवात गरेका थिए । शनका ६६ रनमा अविजित रहे । दक्षिण अफ्रिका लुथो सिपम्ला ४ र वियन मुल्डरले ३ विकेट लिए । दोस्रो टेष्ट आइतबारबाट सुरुहुनुे छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]