5 years ago
January 2, 2021
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा एपिएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खेल विहान ९ः ३० सुरु हुने छ ।

देउखुरी क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा दुबै टोली फाइनलमा स्थान बनाउन चाहान्छन् । एफिएफ समूह ए को विजेता र सुदूरपश्चिम समूह बी को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाली घरेलु क्रिकेटमा उपाधिमा एपिएफको एकछत्र राज छ । एफिएफ आफ्नो इतिहासलाई निरन्तरता दिन चाहन्छ । यता सुदूरपश्चिम एपिएफलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गर्न खोज्ने छ ।
राम्रो लयमा रहेकी स्पिनर कविता जोशी बागमती प्रदेशविरुद्ध २ ओभरमा १० रन खर्चेर ह्याट्रिक सहित ५ विकेट लिएकी थिइन् । डली भट्टले पनि २८ रनको आक्रामक रन जोडकी थिइन् । कविता जोशी र डली भट्टको उत्कृष्ट प्रर्दशन विना फाइनलमा स्थान बनाउन निकै कठिन हुने देखिन्छ । कविता कुवर र रेवती धामी सुदूरपश्चिमका प्रमुख ब्याटर हुन् । मन्जु बोगटी, विन्दु रावल र ऋतु कनौजियालाई राम्रो प्रर्दशन गर्न आवश्यक देखिन्छ । बलिङमा दीपा जोरा, कविता जोशी र कविता कुवँरको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।

यता राष्ट्रिय खेलाडीले भोरिएको एफिएफमा कप्तान सीता राना मगर, सरिता मगर, इन्दु बर्मा र ज्योती पान्डे जस्ता ब्याटर हुँदा बलियो छ । स्पिनर करुणा भण्डारी पनि राम्रो प्रर्दशन गर्दै आएकी छिन् । तीव्र गतिका बलरमा सोनु खड्का, रेखा रावल र सोमु विष्ट छन् । लमहीमा विहानको समयमा हुस्सुले गर्दा खेल प्रभावित हुँदै आएको छ ।
एपिएफ तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकीलाई ५९ रन र प्रदेश १ सँग ५ विकेटले पराजित हुँदा बागमतीलाई २८ रनले हराएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]