default_image

5 years ago

January 2, 2021

एपिएफविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

129 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा एपिएफविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने भएको छ ।

देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमकी कप्तान विन्दु रावलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल १६-१६ ओभरको हुने छ । हुस्सुका कारण निर्धारित समयमा खेल सुरु हुन नसक्दा ४-४ ओभर झारिएको हो ।

एपिएफ तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकीलाई ५९ रन र प्रदेश १ सँग ५ विकेटले पराजित हुँदा बागमतीलाई २८ रनले हराएको थियो ।

एपिएफ समूह ए को विजेता र सुदूरपश्चिम समूह बी को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाली घरेलु क्रिकेटमा उपाधिमा एपिएफको एकछत्र राज छ । एफिएफ आफ्नो इतिहासलाई निरन्तरता दिन चाहन्छ । यता सुदूरपश्चिम एपिएफलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गर्न खोज्ने छ ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.