default_image

5 years ago

January 2, 2021

एपिएफलाई सुदूरपश्चिमको सामान्य लक्ष्य

154 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – सुदूरपश्चिमले लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफलाई ६१ रनको सामान्य लक्ष्य दिएको छ ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा विकेट ७ गुमाउँदै ६० रन बनायो । सुदूरपश्चिमकी कविता जोशी २१ बलमा २ चौका सहित सर्वाधिक २२ रनमा अविजित रहिन् । लक्ष्मी साउँद ३ रनमा अविजित रहिन् ।

सातौं ओभरको तेस्रो बलमा ओपनर कविता कुवँरलाई स्पिनर करुणा भण्डारीले विकेटकिपर ज्योती पान्डेबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । कविताले २५ बलमा ९ रन जोडिन् । नवौं ओभरको पाँचौं बलमा ऋतु कनौजिया ४ रनमा रन आउट हुन पुगिन् ।

लगत्तै अर्को बलमा ओपनर रेवती धामीलाई करुणाले १२ रनमा एलबिडब्लू आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको थियो । विन्दु रावललाई सीता राना मगरले शून्यमा बोल्ड आउट गरेकी थिइन् । करुणा भण्डारीले ११ औं ओभरको तेस्रो बलमा रुवि पोद्दरलाई १ रनमा बोल्ड आउट गरेपछि सुदूरपश्चिम ३९–५ को अवस्थामा पुगेको थियो ।

सोमु विष्टको १३ औं ओभरको पहिलो बलमा डली भट्ट दुई रन लिनेक्रममा कविता जोशीसँग तालमेल गर्न नसक्दा शून्यमा रन आउट भएपछि बलियो योगफल टाढिएको थियो । सम्झना खड्का ३ रनमा रन आउट भइन् । सुदुरपश्चिमका तीन ब्याटर रन आउट भएका थिए । एपिएफकी स्पिनर करुणा भण्डारीले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । कप्तान सीता राना मगरको नाममा एक विकेट रह्यो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.