5 years ago
January 3, 2021
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा प्रदेश १ ले एपिफलाई १ सय ६ रनको बलियो लक्ष्य दिएको छ ।

देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनायो । प्रदेश १ की ओपनर अप्सरी बेगमले ४५ बलमा ५ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिइन् । विकेटकिपर काजल श्रेष्ठ २६ बलमा ३ चौका सहित २९ र संगिता २ रनमा अविजित रहिन् ।
ओेपनर अप्सरी र कप्तान रुविना क्षेत्री बेलबासेले पहिलो विकेटका लागि १२.४ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएकी थिए । एपिएफकी कप्तान सीता राना मगरको बलमा अघि बढेर सट खेल्ने धुनमा बिट भएपछि विकेटकिपर ज्योती पान्डेले रुविनालाई १८ रनमा स्टम्पिङ आउट गरेकी थिइन् ।

रुविनाले ३२ बल खेल्दा बाउन्ड्री भने प्रहार गर्न सकिनन् । एक बलपछि अप्सरीले फाइन लेगमा सट खेल्न खोजेपनि एज लागेर सिल्ली मिड अनमा सोनु खड्काबाट क्याच आउट हुन पुगेकी थिइन् ।
१७ औं ओभरको तेस्रो बलमा सीताले रोमा थापालाई ३ रनमा एलबिडब्लू आउट गरिन् । १९ औं ओभरको चौथो बलमा करुणा भण्डारीले निसा शाहलाई ५ रनमा बोल्ड आउट गरिन् । सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]