default_image

5 years ago

January 3, 2021

जेमिसन चम्कँदा पाकिस्तानमाथि न्युजिल्यान्ड हावी

137 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर काइल जामिसन चम्कँदा पाकिस्तानविरुद्ध दोस्रो टेष्ट खेलमा न्युजिल्यान्ड पहिलो दिन हावी बनेको छ ।

पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान पहिलो इनिङमा ८३.५ ओभरमा २ सय ९७ रनमा अल आउट भएको छ । पाकिस्तानका अजहर अलीले १ सय ७२ बलमा १२ चौका सहित सर्वाधिक ९३ रनको योगदान दिए । ६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए ।

तेस्रो ओभरको तेस्रो बलमै टिम साउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि अजहर अली र आविद अलीले १ सय ५ बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । आविद अलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए ।

विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रनको योगदान दिए । आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, शाहिन अफ्रिदी ४ र नसीम शाह १२ रनमा आउट भए । हरिस सोहेल १ र फवाद आलम २ रनमा आउट भएपछि पाकिस्तान दवावमा परेको थियो । तर पाँचौ विकेटका लागि अजहर र मोहम्मद रिजवानले १ सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

युवा अलराउन्डर काइल जामिसनले २१ ओभरमा ८ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । म्याट हेनरीले १ विकेट लिए । पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग १ सय १ रनले पराजित भएको थियो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.