5 years ago
January 5, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले अष्ट्रेलियाविरुद्ध चार टेष्ट खेलको सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् ।

शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेपछि बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ । भारत र अष्ट्रेलियाबीच चार टेष्ट सिरिज दुई खेल सकिँदा १–१ को बराबरी अवस्थामा छ ।
पहिलो टेष्ट अष्ट्रेलिया र दोस्रो भारतले ८–८ विकेटले जितेका थिए । तेस्रो टेष्ट ७ जनवरी देखि सिड्नी चौथो तथा अन्तिम टेष्ट जनवरी १५ देखि दी गाब्बा ब्रिस्बेनमा सुरु हुने छ । भारतले सुरुवाती दुई टेष्टमा भने राहुललाई बेन्चमा राखेको थियो ।
सुरुवाती दुई टेष्टमा ओपनर मयंक अग्रवालले कमजोर प्रर्दशन गर्दा राहुलले तेस्रो टेष्ट खेल्ने सम्भावना थियो । ओपनर रोहित शर्मा भारतीय टोलीमा जोडिइसकेका छन् । सुरुवाती दुई टेष्ट गुमाएका उनले तेस्रो टेष्टमा सुभमन गिलका साथ ओपनिङ गर्ने बलियो सम्भावना छ ।
चोटका कारण तीव्र गतिका बलर इशान्त शर्माले अष्ट्रेलिया भ्रमणनै गरेनन् । मोहम्मद शामी र उमेश यादव चोटका कारण भारत फर्किसकेका छन् । सुरुवाती दुबै टेष्ट खेलमा एक एक जित निकालेका भारत र अष्ट्रेलियालाई सिरिज बचाउन तेस्रो खेलको नजिता निकै महत्वपूर्ण हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]