5 years ago
January 5, 2021
एजेन्सी – कप्तान केन विलियम्सनले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै सानदार दोहोरो शतक प्रहार गरेपछि पाकिस्तानविरुद्ध दोस्रो टेष्ट खेलमा न्युजिल्यान्डले विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ३ सय ५४ रनको अग्रता लिएको छ ।

न्युजिल्यान्डले ६५९–६ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गर्यो । विलियम्सनले ३ सय ६४ बलमा २८ चौका सहित २ सय ३८ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेले । उनको यो टेष्ट करिअरको चौथो दोहोरो शतक प्रर्दछ ।
विलियम्सन फहिम अशराफको बलमा सन मसुदबाट क्याच आउट भएका थिए । हेनरी निकोल्सले २ सय ९१ बलमा १८ चौका र १ छक्का सहित १ सय ५७ रनको शतकीय इनिङ खेले । चौथो विकेटका लागि विलियम्सन र निकोल्सले ५ सय ५३ बलमा ३ सय ६९ रनको तेहेरो शतकीय साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो इनिङमै विशाल योगफल बनाएको थियो ।
मोहम्मद अब्बासले नसीम साहबाट निकोल्सलाई क्याच गराउँदै उक्त साझेदारी तोडे । तल्लोक्रमका डर्याल मिचेल १ सय १२ बलमा ८ चौका र २ छक्का सहित १ सय २ रनमा अविजित रहे । उनको यो पहिलो टेष्ट शतक समेत हो । काइल जामिसन ३० र टम लाथम ३३ रनको योगदान दिए । पाकिस्तानका शाहिन अफ्रिदी, मोहम्मद अब्बास र फहिम अशराफले २–२ विकेट लिए ।
दोस्रो इनिङमा पाकिस्तान ११ ओभरमा ८–१ को अवस्थामा छ । सन मसूद शून्यमा आउट हुँदा आविद अली ७ र मोहम्मद अब्बास १ रनमा क्रिजमा छन् । पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान पहिलो इनिङमा ८३.५ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो ।
पाकिस्तानका अजहर अलीले १ सय ७२ बलमा १२ चौका सहित सर्वाधिक ९३ रनको योगदान दिए । ६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए । तेस्रो ओभरको तेस्रो बलमै टिम साउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए ।
दोस्रो विकेटका लागि अजहर अली र आविद अलीले १ सय ५ बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । आविद अलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए ।
विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रन बनाए । आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, अफ्रिदी ४ र नसीम शाह १२ रनमा आउट भए । हरिस सोहेल १ र फवाद आलम २ रनमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो । तर पाँचौ विकेटका लागि अजहर र मोहम्मद रिजवानले १ सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
युवा अलराउन्डर काइल जामिसनले २१ ओभरमा ८ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । म्याट हेनरीले १ विकेट लिए । पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग १ सय १ रनले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]