default_image

5 years ago

January 5, 2021

दक्षिण अफ्रिका १० विकेटले विजयी

151 views

0 Bookmark

एजेन्सी – श्रीलंकासँग दोस्रो टेष्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिका १० विकेटले विजयी भएको छ । यो जितसँगै दुई टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ ।

जितका लागि पाएको ६७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्याे । ओपनर डीएन एलगर ३१ र एडेन मारक्रम ३६ रनमा अविजित रहे ।

दोस्रो इनिङमा श्रीलंका ५६.५ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । श्रीलंका ओपनर तथा कप्तान दिमुथ करुणारत्नेले १ सय २८ बलमा १९ चौका सहित १ सय ३ रनको शतकीय इनिङ खेले । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । लाहिरु थिरिमाने ३१, निरोसन डिक्वेला ३६ र वानिन्दु हसरंगाले १६ रनको योगदान दिए । दक्षिण अफ्रिका लुन्गी एनगिडीले ४, लुथो सिपम्लाले ३ र एनरिच नोर्कियाले २ विकेट लिए ।

दक्षिण अफ्रिका पहिलो इनिङमा ३ सय २ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका ओपनर डीएन एल्गरले १ सय ६३ बलमा २२ चौका सहित सर्वाधिक १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । रास्सी भान डर डुसेन ६७, क्विन्टन डी कक १०, टेम्बा बाभुमा १९, एनरिच नोर्कियाले १३ र लुन्गी एनगिडीले १४ रनको योगदान दिए । श्रीलंका विश्व फ्रेर्नान्डोले सर्वाधिक ५ विकेट लिए ।

श्रीलंका पहिलो इनिङमा १ सय ५७ रनमा अल आउट भएको थियो । श्रीलंका कुशल परेराले ६० रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । दक्षिण अफ्रिका एनरिच नोर्कियाले ६ विकेट लिएका थिए । वियन मुल्डरको नाममा ३ विकेट रह्यो ।

पहिलो टेष्टमा दक्षिणअफ्रिका ४५ रनको इनिङ अन्तरले विजयी भएको थियो । दक्षिण अफ्रिकाले अब पाकिस्तान भ्रमण गर्ने छ । पाकिस्तान र दक्षिण अफ्रिकाबीच जनवरी अन्तिम देखि दुई टेष्ट र तीन टि२० आई सिरिज हुने छ । श्रीलंकाले इंग्ल्यान्डसँग जनवरी तेस्रो साता देखि घरेलु मैदानमा दुई टेष्ट र तीन ओडिआई सिरिज खेल्ने कार्यक्रम छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.