5 years ago
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो। जितको लागि पछ्याएको १ सय १० रनको विजयी लक्ष्य च्याम्पियन्सले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। च्याम्पियन्सका रोहन केसीले सर्वाधिक ५५ रन तथा सोम शर्माले अविजित ४३ रन बनाए ।
त्यसअघि ब्याटिङ गरेको रनियरपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। रनियारपुरका इरफान खानले सर्वाधिक २९ रन र नफुस खानले २० रन बनाएका थिए। सकिल खान र गोभिन्द बिस्टले समान २ विकेट लिए।
दोश्रो खेलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी ( केसीए) ले ढकेरी किंग्सलाई १३९ रनले पराजित गर्यो । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याउने क्रममा ढकेरीले निर्धारित १५ ओभरमा ६० रन मात्र बनाउन सक्यो। ढकेरीका संजय खड्काले सर्वाधिक १६ तथा भिम बहादुर खत्रीले १५ रन बनाए । रोशन शाहले २ विकेट तथा सुजल केसी र लभकुश यादवले १-१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कोहलपुरले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर १९९ रन बनाएको थियो । कोहलपुरका शिब डाँगीले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ३७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। विनायक गिरिले अर्धशतक बनाउने क्रममा ३४ बलमा ४ चौका र ३ छक्का मद्दतले ५१ रन बनाए । सन्दिप नेपालीले २३ तथा अजय सहानीले २१ रन बनाए।
तेश्रो खेलमा बिबि वारियर्सले रझेना टर्मिनेटरलाई ९१ रनले पराजित गर्यो । जितका लागि पाएको १ सय ७९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा रझेना टर्मिनेटरले १४.१ ओभरमा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । रझेनाका सौगात रानाभाटले सर्वाधिक २६ र प्रदिप बुढाले २१ रन बनाए । बिबि वारियर्सका आकाश विष्टले ४ विकेट तथा विशाल पौडेल र अफाक शेखले समान २ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १७८ रन बनाएको थियो। वारियर्सको लागि कप्तान सिद्धान्त राज शाहीले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३३ बलमा २ चौका र ६ छक्का हिर्काए । सद्दाम खानले ३२, प्रनित थापाले २२ तथा हसन खानले २१ रन बनाए। जानु कस्कर, सुमन थापा र घनश्याम रावतले समान २ विकेट लिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]