5 years ago
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट उपाधि चितवनले जितेको छ ।

मंगलबार फाइनलमा चितवनले काठमाडौंलाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६० रन बनाएको थियो । चितवनका ओपनर तथा विकेटकिपर आकश थापाले १ सय १९ बलमा १४ चौका र ४ छक्का सहित १ सय ३६ रनको शतकीय इनिङ खेलेका थिए ।
रोविन शर्मा २४, अजित बुढाथोकी १६, गौतम केसी ३२, दीपेश श्रेष्ठ १९ र प्रतिक श्रेष्ठले २५ रनको योगदान दिए । काठमाडौंका चन्द्रकुमार बुढा, सुमन उदय, अरियो पौडेल र अन्जम रेग्मीले १–१ विकेट लिए ।
जितका लागि २ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं २५.४ ओभरमा ६७ रनमा अल आउट भएको थियो । काठमाडौंका रजत तिमिल्सिनाले १५ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
चितवनका संघर्ष पौडेलले ८ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ५ विकेट लिए । दीपेश श्रेष्ठले २, गौतम केसी, दिवस आचार्य र डनिस इकवालले १–१ विकेट लिए । काठमाडौंका ईशान पान्डे प्रतियोगिता सर्वोत्कृष्ट (प्लेयर अफ द सिरिज) चुनिएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]