default_image

5 years ago

January 6, 2021

डेब्यूमै प्रभाव छाडेका ५ युवा खेलाडी

413 views

0 Bookmark

भुपेन्द्र जिसी, दाङ

सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता २०७७ मा युवा खेलाडीको बाहुल्यता रह्यो । जिल्ला र प्रदेश छनोट हुँदै टोली निर्माण भएको हुँदा प्रदेशको टोलीमा युवा खेलाडीको प्रभाव बलियो थियो ।

प्रतियोगिता सकरात्मक पक्ष नै युवा प्रतिभाको उत्साहजनक उपस्थित थियो । युवा खेलाडीको आर्कषणले नेपाली महिला क्रिकेटमा थप उत्साह थपेको छ । आइतबार भएको फाइनलमा विभागीय टोली एपिएफलाई ६ रनले पराजित गर्दै प्रदेश एकले पहिलो पटक उपाधि जित्न सफल भयो । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासले युवा खेलाडीको उत्साह देख्दा आफू निकै खुसी भएको बताइन् ।

राम्रो प्रभाव छाडेका यी युवा खेलाडीलाई खेलमा निरन्तरता दिइरहन भने त्यतिनै चुनौती छ । उचित अभ्यास र खेलको कमी भएका युवा प्रतिभा त्यतिकैमा सीमित हुन्छन् की भन्ने डर पनि छ । त्यसको लागि जिल्ला र प्रदेश संघले विशेष ध्यान दिन आवश्यक देखिन्छ । अहिलेका देखिएका युवा खेलाडीलाई राम्रोसँग संरक्षण गर्दै अघि बढाउने हो भने आगमी प्रतियोगिता र दिनमा नेपाली महिला क्रिकेटको विश्वकप खेल्ने सपना त्यति टाढा देखिदैन ।

डेब्यू कुनैपनि खेलाडीको लागि सबैभन्दा उत्कृष्ट क्षणमा पर्दछ । त्यो राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय प्रतियोगिता । प्रतिभावान् खेलाडीले आफ्नो क्षमता देखाउन लामो समय र टोलीको नतिजाले भने फरक पार्दैन । कुनैपनि खेलाडीको क्षमता हेर्न धेरै रन हान्न र विकेट लिनैपर्छ भन्ने हुँदैन । उसले मैदानमा देखाउने हाउभाउबाट पनि बुझ्न सकिन्छ । प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा देखिएका युवा खेलाडी अधिकाम्स बलर रहे । ब्याटिङमा सिनियर खेलाडीलैनै संघर्ष गरि रहँदा राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दै राम्रो प्रभाव छाडेका ५ खेलाडी र उनीहरुको बारे छोटकरीमा जानकारी ।

जोत्स्निका मरासिनी (गण्डकी)

१३ वर्षिया मध्यगतिकी बलर ज्योत्स्निका मरासिनीको चर्चा यस प्रतियोगितामा सर्वाधिक रह्यो । उनको प्रर्दशन र कलिलो उमेरले उनले नेपाली समर्थक सामू राम्रो चर्चा पाइन् । प्रतियोगितामा तीन खेलमा १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिइन् । पुस १४ मा कर्णालीविरुद्ध डेब्यू गरिन् । बलिङमा उनले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिएकी थिइन् । भने ब्याटिङतर्फ १४ बलको सामना गर्दै ६ रन जोडकी थिइन् । कलियो उमेर अनि मैदानमा परिपक्क खेलाडीको जस्तो आत्माविश्वास उनीमा थियो ।

मध्यगतिमा बलिङ गर्ने उनले लाइन एण्ड लेन्थमा अनुसासन बलिङ गरेकी थिइन् । दोस्रो खेलमा उनको ब्याटिङमा मौका नपाएपनि बलिङमा बागमतीविरुद्ध ३ ओभरमा १३ रन खर्चेकी थिइन् । प्रदेश १ विरुद्ध ४ ओभरमा १९ रन खर्चेकी थिइन् । ब्याटिङमा ११ बलको सामना गर्दा अप्सरी बेगमले उनलाई बोल्ड आउट गरेकी थिइन् । उनको उमेर र शरीरको उचाई हेर्दा क्रिकेट खेल्न सक्छिन् भनेर सुरुमा देख्नेले कमैले मात्र विश्वास गर्न सक्छन् । स्याङ्जाकी ज्योत्स्निकाको उमेर सबैभन्दा कम भएपनि चर्चा सर्वाधिक बटुलेर फर्किन् ।

सुस्मिता भुषाल (लुम्बिनी)

रुपन्देहीकी १४ वर्षिया मध्य गतिकी बलर सुस्मिता भुषालले पहिलो खेलमै प्रदेश २ लाई हराउन प्लेयर अफ द म्याच प्रर्दशन गरेकी थिइन् । प्रदेश २ विरुद्धनै राष्ट्रिय प्रतियोगिताको लागि डेब्यू गरेकी उनले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिएकी थिइन् । १४ वर्षकै उमेरमा उनले पहिलो खेलमा राम्रो प्रर्दशन गर्दै यादगार डेब्यू गरिन् । जुन जित सेमिफाइनलमा पुग्ने प्रमुख आधार थियो ।

कर्णालीविरुद्ध ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चेकी थिइन् । मध्यगतीमा बलिङ गर्ने उनले एपिएफविरुद्ध ३ ओभरमा १४ रन खर्चेकी थिइन् । उनले सेमिफाइनलमा प्रदेश १ विरुद्ध भने १ ओभरमा ६ रन खर्चेकी थिइन् । लमहीमा पिचमा नाम चलेका खेलाडीलाईनै बलिङ गर्न कठिन परि रहेको बेला उनले भने डेब्यू खेलमै उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनलको यात्रा सहज बनाएकी थिइन् ।

विन्दा कटुवाल (बागमती)

१८ वर्षिया युवा ब्याटर विन्दा कटुवालले गण्डकीविरुद्ध डेब्यू गरेकी थिइन् । बागमतीले अस्मिता खरेलको स्थानमा विन्दालाई ओपनिङ पठाएको थियो । विन्दाले उक्त अवसरलाई भरपुर सदुपयोग गरिन् । उनले ५८ बल खेल्दै ३ चौका सहित उक्त खेलमा सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले पहिलो विकेटका लागि ओपनर कञ्चन श्रेष्ठसँग १०.१ ओभरमा ७६ रनको साझेदारी गरेकी थिइन् ।

देउखुरी क्रिकेट मैदानमा विन्दाले भने पिच र आउटफिल्डको अवस्थालाई बुझ्दै समय लिएर रन जोडेकी थिइन् । जिम्मेवारी ब्याटिङ मैदानमा देखिन्थ्यो । ओखलढुंगा घर भएकी उनले ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट नियमित क्रिकेट सिक्दै पनि आएकी छिन् । स्पिनर एलिसा लामिछानेको बलमा ठूला सट खेल्नेक्रममा अन्जली विश्वकर्माबाट क्याच आउट हुन पुगेकी थिइन् । दोस्रो खेलमा उनी सुदूरपश्चिमविरुद्ध ७ रनमा आउट भएकी थिइन् ।

निशा पराजुली (कर्णाली)

कर्णालीको प्रर्दशन कमजोर रह्यो । तर १३ वर्षिया स्पिनर निशा पराजुलीले भने राम्रो छाप छोडेर फर्किन् । पहिलो खेलमा एपिएफले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । खेलभर कर्णालीको प्रर्दशन कमजोर रह्यो । पहिलो विकेटका लागि ओपनर ज्योती पान्डे र सीता राना मगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गरेका थिए ।

स्पिनर निशाले ज्योतीलाई अन्शु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । प्रदेश २ विरुद्ध उनले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएकी थिइन् । उक्त विकेट शोभा आले र सरस्वती चौधरीको थियो । टोलीको कमजोर प्रर्दशनको दबावको बाबजुद पनि उनले आफ्नो प्रतिभा भने खुलेर देखाएकी थिइन् ।

सना प्रविन (प्रदेश २)

बाराकी १४ वर्षिया युवा स्पिन अलराउन्डर सना प्रविनले पुष ११ मा लुम्बिनीविरुद्ध डेब्यू गरेकी थिइन् । शीर्षक्रमका ब्याटिङ कमजोर हुँदा उनले तल्लोक्रममा जिम्मेवारी इनिङ खेलेकी थिइन् । पाँचौं ओभरमा सुस्मिता भुषालले कप्तान सरस्वती चौधरी कटविहाइन्ड आउट गरेपछि प्रदेश २ ले उनलाई पाँचौं नम्बरमा ब्याटिङमा पठाएको थियो ।

सना २० औं ओभरको पहिलो बलमा मधु डिसीले रन आउट गर्नुअघि उनले क्रिजमा ४८ बलमा २१ रन जोडेकी थिइन् । कलिलो उमेर, डेब्यू खेल अनि दबाबमा उनले मैदानमा गरेको कौशल प्रदर्शनले पनि उनको क्षमता देखाउछ । स्पिन बलिङमा उनले राम्रो टर्न पनि गराइरहेकी थिइन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.