5 years ago
January 6, 2021
एजेन्सी – ओपनर तथा उपकप्तान रोहित शर्माले भारतीय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । बिहिबारबाट सिड्नी क्रिकेट मैदानमा सुरु हुने अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलबाट रोहितले भारतीय टोलीमा पूनरागमन गरेका छन् ।

अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलको लागि भारतले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । रोहित टेष्ट टोलीमा १४ महिनापछि उपकप्तानको रुपमा फर्किएका छन् । रोहितले पछिल्लो पटक भारतीय टोलीबाट टेष्ट कोलकातामा बंगलादेशविरुद्ध नोभेम्बरमा खेलेका थिए ।
समग्रमा भारतीय टोलीमा ११ महिनापछि पूनरागमन गर्ने छन् । रोहित गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध टि२० आई सिरिजसँगै भारतीय टोली बाहिर थिए । रोहितले मयंक अग्रवालको स्थान लिएका हुन् ।
दुबै खेलमा कमजोर प्रर्दशन गरेका ओपनर मयंक अग्रवालको स्थानमा भारतले रोहितलाई मौका दिएको हो । विराट कोहली टोलीमा नहुँदा रोहितको प्रर्दशन टोलीलाई निकै महत्वपूर्ण हुने छ । राहित र सुभमन गिलले भारतीय क्रिकेट टोलीको ओपनिङ गर्ने छन् ।
तीव्र गतिका बलर नवदीप सैनीले भारतीय टेष्ट टोलीमा डेब्यू गर्ने छन् । उमेश यादव चोटका कारण बाहिरिएपछि सैनीले टोलीमा मौका पाएका छन् । दोस्रो टेष्टबाट भारतले टोलीमा दुई परिवर्तन गरेको हो । तेस्रो टेष्ट सिड्नी क्रिकेट मैदानमा बिहिबार सुरु हुने छ ।
पहिलो टेष्टमा भारत ८ विकेटले पराजित भएको थियो । दोस्रो टेष्टमा ८ विकेटले हराउँदै चार टेष्ट सिरिजमा १–१ को अवस्थामा पुर्याएको छ । दुबै टोलीलाई तेस्रो टेष्टको नतिजा निकै महत्वपूर्ण हुने छ ।
भारतको अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेल्ने टोली : सुभमन गिल, रोहित शर्मा, चेतेश्वर पुजारा, रविन्द्र जडेजा, अजिंक्या रहाने (कप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रवीचन्द्रन आश्विन, नवदीप सैनी, मोहमद सिराज, जसप्रित बुमराह
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]