5 years ago
January 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएकोमा विनोदले खुसी व्यक्त गरेका छन् ।

विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरि रहेको नमुना मैदानमा बागमती प्रदेशले आयोजना गरेको गौतम बुद्ध कप प्रतियोगितामा विनोदले राप्तीको कप्तानी गरेका थिए ।
राप्तीले फाइनलमा नारायणीलाई ९ रनले हराउँदै उपाधि जितेको थियो । उक्त फाइनलमा विनोदले ३३ रनको योगदान दिएका थिए । फाइनलपछि भने विनोदलाई कोरोना संक्रमण देखिएको थियो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका विनोदले अव माघ पहिलो सातादेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगित तयारी गर्ने छन् ।
सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्काले पनि २५ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी पनि गत मंसिरमा कोरोना संक्रमण मुक्त भएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]