5 years ago
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टीयू र मुलपानी क्रिकेट मैदानमा हुँदै छ । सोमपाल, करण र कुशलले जनवरी अन्तिमदेखि संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने टि टेन लिगको कारण नखेल्ने भएको आर्मीले जनाएको छ ।
गत पुस दोस्रो साता सम्पन्न टि १० को ड्राफ्टमा सोमपाल मराठा अरेवियन्स, कुशल टिम आबूधाबी र करण पुणे डेभिल्समा अनुबन्ध भएका थिए । टी टेन जनवरी २८ देखी फेब्रुअरी ६ सम्म आबूधाबीमा चल्ने छ ।
यस पटक आर्मीले दुई नयाँ खेलाडीलाई समेटेको छ । यसअघि सुदूरपश्चिमबाट नियमित घरेलु क्रिकेट खेल्दै उत्कृष्ट छाप छोडेका युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर आकाश चन्द आर्मीमा छन् ।

आर्मी समूह ए मा छ । आर्मीले उद्धघाटन खेलमा माघ २ मा गण्डकी प्रदेशसँग टीयूमा खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ । मुलपानीमा कर्णालीसँग माघ ४ मा खेल्ने छ । माघ ७ मै मुलपानीमै प्रदेश १ सँग खेल्ने छ । माघ १२ मा एपिएफसँग समूह चरणको अन्तिम खेल खेल्ने छ । आर्मीमा जितेन्द्र मुखिया, विक्रम शोब र आकश चन्दको जोडीले तीव्र गतिको बलिङ युनिट समाल्ने छन् । स्पिनर साहब आलम र सुशन भारी हुँदा बलिङ युनिट बलियो छ ।
आर्मी पछिल्ला दुई संस्करणमा उप विजेतामा सीमित छ । गत वर्ष आर्मी फाइनलमा पुलिससँग ४ विकेटले पराजित हुँदै उपविजेता बनेको थियो । दोस्रो संस्करणमा आर्मी फाइनलमा एपिएफसँग ६ विकेटले पराजित भएको थियो । पहिलो संस्करणको फाइनल वर्षाको कारणले प्रभावित हुँदा आर्मी र पुलिसले संयुक्त रुपमा उपाधि बाँडेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]