default_image

5 years ago

January 14, 2021

पिपिएल खेलेका लरेन्सको श्रीलंकाविरुद्ध डेब्यू

117 views

0 Bookmark

एजेन्सी – दुई वर्षअघि एक्स्पर्ट धनगढी ब्लुजबाट पोखरा प्रिमियर लिग (पिपिएल) खेलेका युवा ब्याट्सम्यान ड्यान लरेन्सले इंग्ल्यान्डबाट टेष्टमा डेब्यू गरेका छन् ।

श्रीलंकासँगको पहिलो टेष्ट खेलमा इंग्ल्यान्डले उनलाई डेब्यू गराएको छ । दुई टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्ट आजबाट सुरु भएको छ । इंग्ल्यान्डले मध्यक्रमका ब्याट्सम्यान ओली पोपको स्थानमा उनलाई डेब्यू गराएको हो । घाइते पोप पूर्णरुपमा फिट नहुँदा श्रीलंकाविरुद्ध दुई टेष्टको सिरिजमा इंग्ल्यान्डको टोलीमा छैनन् ।

लरेन्सले ब्रिसबेन हिटबाट जारी बिग ब्यासमा ४ खेल खेलेर इंग्ल्यान्ड फर्केका थिए । लरेन्सले २०१८ मा दीपेन्द्रसिंह ऐरी कप्तान रहेको धनगढी ब्लुजबाट खेलेका थिए । तर अपेक्षा अनुसार प्रर्दशन भने गर्न सकेका थिएनन् । उनले ५ खेलमा ६५ रन जोडेका थिए । बलिङतर्फ ६ विकेट लिएका थिए । बिराटनगर टाइटन्सलाई ७८ रनले हराउन लरेन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

लरेन्स बुटवल ब्लास्टर्सविरुद्ध ‘म्यान अफ द म्याच’ प्रर्दशन गरेका थिए । उक्त खेलमा लरेन्सले तल्लोक्रममा ब्याटिङ गर्दै ५२ रनको इनिङ खेलेका थिए । उक्त खेलमा लरेन्सलाई अभिनास बोहराले बोल्ड गरेका थिए । बलिङतर्फ सिद्धान्त लोहनीलाई १२ रनमा बोल्ड आउट गरेका थिए ।

२३ वर्षिल लरेन्सले इंग्ल्यान्डको एसेक्सबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । मध्यक्रममा ब्याटिङ गर्ने उनले ७४ प्रथम श्रेणी, २८ लिष्ट ए र ६४ टि२० खेल खेलेका छन् । लरेन्सले सन् २०१६ मा इंग्ल्यान्डबाट यू१९ विश्वकप खेलेका थिए । जसक्रममा उनले फिजीविरुद्ध १ सय ७४ रनको शतकीय इनिङ खेलेका थिए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.