5 years ago
January 14, 2021
एजेन्सी – श्रीलंकासँगको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड बलियो अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन पहिलो इनिङमा ४१ ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ । अग्रता लिन इंग्ल्यान्ड ८ रनले पछि छ ।

इंग्ल्यान्डका कप्तान जो रुट १ सय १५ बलमा ५ चौका सहित ६६ रनमा अविजित छन् । जोनी बेयरस्टो ९१ बलमा २ चौका सहित ४७ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले १ सय १० रनको अविजित साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फको बाटोमा डोर्याएका छन् ।
ओपनर ज्याक क्रली ९ र डोम सिब्ले ४ रनमा आउट हुँदै खराब सुरुवात गरेपनि रुट र बेयरस्टोले टोलीलाई राम्रो साझेदारी गर्दै समालेका छन् । त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो ।
कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए । इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०.१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]