5 years ago
January 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोट उपाधि रुपन्देहीले जितेको छ । रुपन्देहीले बिहिबार फाइनलमा बाँकेलाई १ सय ७ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको रुपन्देहीले निर्धारित ४० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । रुपन्देहीका मध्यक्रमका ब्याट्सम्यान सन्दीप रजालीले ८६ बलमा ८ चौका र ३ छक्का सहित ८९ रनको योगदान दिए ।
प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९, विक्रम भुषाल १४ र सन्दीप सुनार १२ रनको योगदान दिए । बाँकेका आकाश विष्ट र अजय साहानीले ३–३ विकेट लिए ।
जितका लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको बाँके २६.३ ओभरमा ८० रनमा अल आउट भयो । बाँकेका रमेश सिंहले १९ र सुबेन्दु पान्डेले १० रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । रुपन्देहीका युवा स्पिनर अनिल खरेलले ८ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ५ विकेट लिए ।
नितेश थापाको नाममा २ विकेट रह्यो । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी रुपन्देहीका लेगस्पिनर विक्रम भुषाल (प्लेयर अफ द टुनामेन्ट) चुनिए । रुपन्देही समूह ए र बाँके समूह बी को विजेताको रुपमा फाइनल खेलेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]