default_image

5 years ago

January 15, 2021

अष्ट्रेलियाविरुद्ध भारतमा चार परिवर्तन

121 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको चौथो तथा निर्णायक टेष्ट खेलमा भारतीय तीव्र गतिका युवा बलर टि नटराजन र स्पिनर वासिन्टन सुन्दरले डेब्यू गरेका छन् ।

दि गाब्बा ब्रिस्बेनमा घरेलु टोली अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गरि रहेको छ । अष्ट्रेलियाले टोलीमा एक परिवर्तन गरेको छ । तेस्रो टेष्टमा खेलेका ओपनर विल पुकोव्स्कीको स्थानमा मार्कस हरिसलाई स्थान दिएको छ । पुकोव्स्की तेस्रो खेलमा घाइते हुन पुगेका थिए ।

भारतले तेस्रो टेष्टबाट चार परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा टि टनटराजनलाई डेब्यू गराएको छ । स्पिनर रविन्द्र जडेजाको स्थानमा वासिन्टन सुन्दरले डेब्यू गरेका छन् । हनुमा विहानीको स्थानमा शार्दुल ठाकुर र रविचन्द्रन आश्विनको स्थानमा मयंक अग्रवाललाई खेलाएको छ । चारै खेलाडी घाइते हुँदा भारतले बाहिर राख्नु परेको हो ।

चार टेष्ट खेलको सिरिजमा तीन खेल सकिँदा १–१ को बराबरीमा छ । पहिलो खेलमा अष्ट्रेलिया, दोस्रो खेलमा भारत समान ८ विकेटले विजयी भएका थिए । तेस्रो टेष्ट भने बराबरीमा सकिएको थियो ।

भारतको प्लेइङ ११ : रोहित शर्मा, सुभमन गिल, चेतेश्वर पुजारा, अजिक्या रहाने (कप्तान), मयंक अग्रवाल, ऋषभ पन्त (विकेटकिपर), वासिन्टन सुन्दर, शार्दुल ठाकुर, नवदीप सैनी, मोहम्मद सिराज र टि नटराजन

अष्ट्रेलिया प्लेइङ ११ : डेभिड वार्नर, मार्कस हरिस, मार्नस लाबुसेन, स्टिभ स्मिथ, म्याथु वेड, क्यामरन ग्रिन, टिम पेइन (कप्तान तथा विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन र जोश हेजलवुड ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.