default_image

5 years ago

January 15, 2021

गण्डकीविरुद्ध पहिला ब्याटिङ गर्दै आर्मी

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो खेलमा आर्मीले गण्डकीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आर्मीले पहिलो खेलमा स्पिनर साहब आलम, ब्याट्सम्यान अनिल कुमार मण्डल र अलराउन्डर हरि चौहानलाई बेन्चमा राखेको छ । गण्डकीले मिलन लुइटेल, राहुल शर्मा उपाध्याय र दीनेश जंग बुढामगरलाई बेन्चमा राखेको छ ।

गण्डकीको प्लेइङ ११ : विपिन खत्री (कप्तान), दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, दीपक डुम्रे, अभिषेक थापा, सुबास भण्डारी, समिर कंडेल, अर्जुन कुमाल, विशाल पौडेल र विष्णु पान्डे

आर्मीको टोली : विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), राजु रिजाल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, विक्रम सोब, आकाश चन्द, सुशन भारी, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.