5 years ago
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर मिनास थापाको पाँच विकेटको सहयोगमा प्रदेश एकले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा आफ्नो अन्तिम खेलमा कर्णालीलाई ५९ रनले पराजित गरेको छ ।

जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा १ सय ५६ रनमा अल आउट भयो । कर्णालीका ओपनर रविन्द्रजंग शाही र विपिन रावलले ९.४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यान राम्रो प्रर्दशन गर्न नसक्दा पराजित हुन पुग्यो । स्पिनर दीपेश कंडेलको बलमा ठूलो सट खेल्ने धुनमा रविन्द्र मिडअनमा सोनु मण्डलबाट १८ रनमा समातिन पुगे । रविन्द्रले ३२ बलमा २ चौका प्रहार गरे ।
१३ औैंं ओभरको अन्तिम बलमा पिविन रावललाई मिनाश थापाले ४७ रनमा बोल्ड आउट गरे । विपिनले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । हेमन्त ओलीलाई मिनाशलेनै विकेटकिपर राजन मगरबाट ४ रनमा क्याच आउट गराए । २५ औं ओभरको पहिलो बलमा मिनासले कंडेलबाट निश्चल रावललाई ३१ रनमा क्याच आउट गराएपछि कर्णालीको जितको सम्भावना टाढिएको थियो ।

निश्चलले ४७ बलमा ५ चौका प्रहार गरे । हिमान्शु शाही र राज शाह शून्यमा बोल्ड भए । दिवान पुन १४, दिनेश अधिकारी ११ र रुपक दाहल ६ रनमा आउट भए । मिनास थापा १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ५ विकेट लिए । दीपेश कंडेलले ९ ओभरमा ३ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । मनोज तामाङको नाममा २ विकेट रह्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन बनायो । प्रदेश एकका कप्तान सिद्धान्त लोहनीले ९७ बलमा ९ चौका सहित सर्वाधिक ६६ रनको योगदान दिए ।
सिद्धान्तलाई दीनेश अधिकारीको ४३ औं ओभरको दोस्रो बलमा कर्णालीका कप्तान रविन्द्र जंग शाहीले उत्कृष्ट क्याच लिँदै पेभेलिएन फर्काएका थिए । तल्लोक्रममा शुवन्कर उराउले २८ बलमा ३ चौका र २ छक्का सहित ३६ रनको योगदान दिए ।

मिनाश थापाले २३ बलमा ३ चौका सहित २५, श्रवण यादव १७, दीपक पासवान ५ र फिर्दोस अन्सारी १७ रनमा आउट भए । राजन मगरले १९ बलमा १ चौका सहित १० रन जोडे ।
कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ८ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ३ विकेट लिए । दीनेश अधिकारी र अनुज चुनराले २–२ विकेट लिए । दिवान पुन र राज शाहको नाममा १–१ विकेट रह्यो ।
प्रदेश एक ४ खेलमा ३ मा हार र १ मा जित सहित पुछारमा रहँदै समूह ‘ए’ बाट बाहिरिएको छ । कर्णालीले आफ्नो अन्तिम खेलमा माघ १० मा एपिएफसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]