5 years ago
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान सन्दीप जोराले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध अर्ध शतक प्रहार गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले ३९ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको छ । जोराले ६५ बलमा अर्धशतक पूरा गरेका हुन् । जोराले ३८ औं ओभरको चौथो बलमा दीनेश अधिकारीलाई चौैका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । सन्दीप जोरा ६६ बलमा ५ चौका र १ छक्का सहित ५२ रनमा अविजित छन् । जोरालाई वसन्त रेग्मीले ५ रनमा साथ दिएका छन् ।
एपिएफका ओपनर रित गौतमलाई पहिलो ओभरको तेस्रो बलमै अनुज चुनराले युनिस सिंहबाट शून्यमा क्याच आउट गराएका थिए । चुनराले नवौं ओभरको दोस्रो बलमा चुनरालेनै शरद भेषावकरलाई हिमान्शु शाहीबाट ८ रनमा क्याच गराए । राज शाहले १४ औं ओभरको चौथो बलमा सुबास खकुरेललाई २३ रनमा एलबिडब्लू आउट गर्दै कर्णालीले राम्रो सुरुवात गरेको थियो । सुबासले ४० बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

स्पिनर दिवान पुनले १७ औं ओभरको पहिलो बलमै कप्तान रविन्द्रजंग शाहीबाट शंकर रानालाई १५ रनमा क्याच आउट गराएपछि एपिएफ दबाबमा परेको थियो । शंकरले २८ बलमा १ चौका प्रहार गरे । लगत्तै सुमित महर्जन १० रनमा क्याच आउट हुँदा एपिएफ १७.२ ओभरमा ६७–५ को अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि सन्दीप जोरा र अमरसिंह राउटेलाले ७८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । दिवानले ३५ औं ओभरको पाँचौं बलमा अमरलाई रविन्द्रबाट ३१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । अमरले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]