default_image

5 years ago

January 23, 2021

एपिएफविरुद्ध हेमन्तको अर्धशतक

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा बाँया हाते ब्याट्सम्यान हेमन्त ओलीले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

हेमन्तले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् । तीव्र गतिका बलर कमलसिंह ऐरीलाई चौका प्रहार गर्दै हेमन्तले अर्धशतक प्रहार गरेका थिए । २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।

हेमन्त ९६ बलमा ६ चौका सहित ५७ रनमा अविजित छन् । उनलाई हिमान्शु शाहीले १४ रनमा साथ दिएका छन् । चौथो विकेटका लागि हेमन्त र हिमान्शुले ५४ रनको अविजित साझेदारी गर्दै कर्णालीलाई जितको आशा दिलाई रहेका छन् ।

तीव्र गतिका बलर किशोर महतोले दोस्रो ओभरको चौथो बलमा ओपनर विपिन रावललाई अमरसिंह राउटेलाबाट ७ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा महतोले निश्रल रावललाई २ रनमा विकेटकिपर सुबास खकुरेलबाट क्याच गराएका थिए ।

तेस्रो विकेटका रविन्द्रजंग शाहीले हेमन्त ओलीले ३४ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । तर १५ औं ओभरको तेस्रो बलमा वसन्त रेग्मीले रविन्द्रलाई १४ रनमा बोल्ड आउट गरे । रविन्द्रले २७ बलमा २ चौका प्रहार गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.