default_image

5 years ago

January 23, 2021

कर्णालीको हारसँगै आर्मी र एपिएफ सेमिफाइनलमा

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ए बाट दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् । शनिबार एपिएफले कर्णालीलाई ७१ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कर्णाली, गण्डकी र प्रदेश एक समूह ए बाट बाहिरिने टोली बनेका छन् ।

जितको लागि २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४३.२ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । कर्णालीका लागि बाँया हाते युवा ब्याट्सम्यान हेमन्त ओलीले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए ।

तीव्र गतिका बलर किशोर महतोले दोस्रो ओभरको चौथो बलमा ओपनर विपिन रावललाई अमरसिंह राउटेलाबाट ७ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा महतोले निश्रल रावललाई २ रनमा विकेटकिपर सुबास खकुरेलबाट क्याच गराएका थिए ।

तेस्रो विकेटका रविन्द्रजंग शाहीले हेमन्त ओलीले ३४ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । तर १५ औं ओभरको तेस्रो बलमा वसन्त रेग्मीले रविन्द्रलाई १४ रनमा बोल्ड आउट गरे । रविन्द्रले २७ बलमा २ चौका प्रहार गरे ।

चौथो विकेटका लागि हेमन्त र हिमान्शुले ५६ रनको साझेदारी गर्दै कर्णालीलाई जितको आशा दिलाएका थिए । तर ३१ ओ ओभरको पहिलो बलमा सन्दीप जोराले डाइरेक्ट थ्रोमा हेमन्तलाई रन आउट गरेपछि एपिएफ खेलमा फर्किएको थियो ।

हिमान्शु शाही वसन्त रेग्मीको बलमा ठूलो सट खेल्नेक्रममा २० रनमा कमलसिंह ऐरीबाट क्याच आउट गराए । भुवन कार्कीले राज शाहलाई १२ रनमा बोल्ड आउट गरे । राजले ८ बलमा ३ चौका प्रहार गरे । अभिष्ोक बम ठकुरी ३८ बल खेल्दै १ चौका साथ १२ रनमा स्टम्पिङ आउट भए ।

एपिएफका स्पिनर वसन्त रेग्मीले १० ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ८.२ ओभरमा २ मेडन सहित ३१ रन खर्चेर ३ विकेट लिए । शरद भेषावकरको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.५ ओभरमा २ सय १८ रनमा अल आउट भएको थियो । एपिएफका युवा ब्याट्सम्यान सन्दीप जोराले ७६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । जोराले ६५ बलमा अर्धशतक पूरा गरेका थिए । ३८ औं ओभरको चौथो बलमा दीनेश अधिकारीलाई चौैका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

एपिएफका ओपनर रित गौतमलाई पहिलो ओभरको तेस्रो बलमै अनुज चुनराले युनिस सिंहबाट शून्यमा क्याच आउट गराएका थिए । चुनराले नवौं ओभरको दोस्रो बलमा चुनरालेनै शरद भेषावकरलाई हिमान्शु शाहीबाट ८ रनमा क्याच गराए । राज शाहले १४ औं ओभरको चौथो बलमा सुबास खकुरेललाई २३ रनमा एलबिडब्लू आउट गर्दै कर्णालीले राम्रो सुरुवात गरेको थियो । सुबासले ४० बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

स्पिनर दिवान पुनले १७ औं ओभरको पहिलो बलमै कप्तान रविन्द्रजंग शाहीबाट शंकर रानालाई १५ रनमा क्याच आउट गराएपछि एपिएफ दबाबमा परेको थियो । शंकरले २८ बलमा १ चौका प्रहार गरे । लगत्तै सुमित महर्जन १० रनमा क्याच आउट हुँदा एपिएफ १७।२ ओभरमा ६७–५ को अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि सन्दीप जोरा र अमरसिंह राउटेलाले ७८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । दिवानले ३५ औं ओभरको पाँचौं बलमा अमरलाई रविन्द्रबाट ३१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । अमरले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रमका वसन्त रेग्मी १४ र कमलसिंह ऐरी ९ रनमा आउट भए । भुवन कार्की १५ र किशोर महतोले १३ रनको योगदान दिए ।

कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ९ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । अनुज चुनराले ६।५ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । राज शाह र दिवान पुनले २(२ विकेट लिए ।

कर्णाली ४ खेलमा ३ मा हार र १ मा जित सहित तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । गण्डकी र प्रदेश एक यसअघिनै बाहिरिएका थिए । एपिएफ र आर्मीले सुरुवाती तीनै खेलमा जित निकालेका छन् । एपिएफ शीर्ष र आर्मी दोस्रो स्थानमा छन् । माघ १२ मा हुने यी दुई टोलीबीचको खेलको नतिजाले समूह विजेता र उप विजेताको निर्धारण गर्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.