default_image

5 years ago

January 23, 2021

इंग्ल्यान्डविरुद्ध श्रीलंकाको बलियो अग्रता

145 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ ।

पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा ४ चौका सहित २४ रनमा अविजित छन् ।

तेस्रो विकेटका लागि रुट र बेयरस्टोले ९३ रनको अविजित साझेदारी गरि सकेका छन् । इंग्ल्यान्डले सुरुवात भने खराब गरेको थियो । ज्याक क्रली ५ र डोम सिब्ले शून्यमा आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ३ सय ८१ मा अल आउट भयो । श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले २ सय ३८ बलमा ११ चौका सहित १ सय १० रनमा आउट भए । निरोसन डिक्वेला १ सय ४४ बलमा १० चौका सहित ९२ रनमा आउट भए ।

कप्तान दिनेश चान्डिमल १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ५२ रनमा मार्कवुडको एलबिडब्लु धरापमा परे । चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले १ सय १७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।

तीव्र गतिका बलर जेम्स एन्डरसनले पाँचौं ओभरको पहिलो बलमा ओपनर कुशल परेरालाई ६ रनमा कप्तान जो रुटबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । ओशादो फर्नान्डोलाई एन्डरसनले शून्यमै बोल्ड आउट गरे ।

लाहिरु थिरिमानेलाई एन्डरसनले जस बटलरबाट ४३ रनमा क्याच गराउँदै शीर्षक्रम धरासय बनाएका थिए । थिरिमानेले ९५ बलमा ५ चौका प्रहार गरे । तल्लोक्रममा दिलुरुवान परेरा १ सय ७० बलमा ८ चौका र १ छक्का सहित ६७ रनमा आउट भए ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले २९ ओभरमा १३ ओभरमा ४० रन खर्चेर ६ विकेट लिए । मार्कवुडले ३ विकेट लिए । पहिलो टेष्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी हुँदै दुई टेष्ट सिरिजमा १–० को अग्रता लिएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.