5 years ago
January 24, 2021
काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान तथा एपिएफ क्लबका कप्तान शरद भेषवाकरले आगामी खेलमा आफूले ठूलो इनिङ खेल्ने आशा राखेको बताएका छन् ।

एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता शनिबार कर्णालीलाई ७१ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ । तर सुरुवाती तीन खेलमा भने शरदको व्यक्तिगत प्रर्दशन सामान्य छ ।
शरद पहिलो खेलमा प्रदेश एक विरुद्ध २० रनमा आउट भएका थिए । गण्डकी विरुद्ध ५ रनमा अविजित रहँदा कर्णालीविरुद्ध ८ रनमै आउट हुन पुगेका थिए । खेलपछि बोल्दै शरदले आगमी खेलमा ठूलो इनिङ खेल्न पर्खाई र आशा रहेको बताएको छन् ।
‘अगाडिको खेल कडा छ । त्यो आउनु अघि कुन जोडी हाम्रो लागि राम्रो हुन्छ भन्ने परिक्षण गर्नको लागि कर्णालीविरुद्ध परिवर्तन गरेका हौं । विहानको विकेटमा पनि खेल्न गाह्रो थियो र साझेदारी हुन सकेन । दबाब थियो । कर्णालीले पनि राम्रो प्रर्दशन गर्यो । बीचमा दबाब राखेका थिए सन्दीप जोरा र अमरसिंह राउटेलाले राम्रो साझेदारी गरे’, खेलपछि शरदले भने ।

ओपनर आशिफ शेखले सुरुवाती दुवै खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । तर कर्णालीविरुद्ध आशिफलाई एपिएफले खेलाएको थिएन । यस विषयमा सोधिएको प्रश्नमा शरदले भने, ‘टोलीको उदेश्य महत्वपूर्ण हुन्छ । अगाडिको खेललाई हेरेर उसको लयलाई निरन्तरता होस् भनेर सोच थियो । अर्कोतर्फ हामी आगमी खेलमा सहि खेलाडी उतार्न पनि परिवर्तन गरेका थियौं ।’
एपिएफले आफ्नो समूह चरणको अन्तिम खेल त्रिभुवन आर्मी क्लबसँग सोमबार खेल्ने छ । ‘आर्मीमा १४ जनानै राष्ट्रिय खेलेका खेलाडी छन् । त्यो राम्रो टोली हो । हामीले राम्रो खेल्नुपर्छ, ‘कर्णालीविरुद्धको टोली परिवर्तनले भने असर नपर्ने शरद बताउछन् ।
व्यक्तिगत प्रदर्शनलाई लिएर शरदले लगातार रन नबनेपनि अब मुख्य खेलमा रन बन्ने आशा गरे । ‘अबको खेलमा ठूलो इनिङको आशा छ । आज रन लाग्छ जस्तो लागिरहेको थियो । दुर्भाग्यवश आउट भए । आगमी खेलमा राम्रो खेल्ने आशा छ’, उनले भने ।
शरदले जारी प्रतियोगितामा युवा प्रतिभाहरुको प्रदर्शनले प्रभावित भएको बताए ।’समग्रमा यस प्रतियोगितामा प्रतिभावान् युवा खेलाडीलाई हेरेर खुसी लागेको छ । कुनै दबाब नलिई स्वतन्त्र रुपमा खेलिरहेका छन् । त्यो एउटा राम्रो संकेत हो । यसैलाई राष्ट्रिय टोलीमा गएर निरन्तरता गर्न सके टोलीका लागि धेरै राम्रो हुनेछ ।’
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]