default_image

5 years ago

January 24, 2021

बागमतीमाथि लुम्बिनीलाई फराकिलो जितको आवश्यक

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा आज महत्वपूर्ण खेल हुँदै छ । मुलपानी क्रिकेट मैदानमा समूह बी का लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजे सुरु हुनेछ ।

बागमती शीर्ष र लुम्बिनी समूह बी को दोस्रो स्थानमा छन् । बागमती तीन खेलमा अपराजित छ । लुम्बिनी ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको बागमती लुम्बिनीलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्न चाहान्छ । आजको खेलमा बागमती पराजित भएपनि नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्ने बलियो सम्भावाना छ । यता लुम्बिनीलाई भने सेमिफाइनलमा पुग्न बागमतीमाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ ।

लुम्बिनीले जितेको खण्डमा भने सोमबार पुलिस र प्रदेश २ को खेल पर्खनु पर्ने हुन्छ । उक्त खेलमा पुलिस पराजित भएमा लुम्बिनी स्वतः सेमिफाइनलमा पुग्ने छ । पुलिस विजयी भएमा नेटरनरेटमा निर्भर रहने छ ।

लुम्बिनीका आक्रामक ब्याट्समयान सौरभ खनाल, अलराउन्डर कृष्ण कार्की र स्पिनर बिक्रम भुषाल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । यी तीनै खेलाडी राम्रो लयमा छन् । कृष्णले सुदूरपश्चिमलाई ६२ रनमा अल आउट गर्न चार विकेट लिएका थिए । पुलिससँग आक्रामक ४० रनमा अविजित रहेका थिए ।

सौरभ खनालले पहिलो खेलमा प्रदेश २ विरुद्ध ५६ र पुलिसविरुद्ध ७६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । सुदूरपश्चिमसँग १८ रनमा अविजित रहेका थिए । सौरभ एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता भएका खेलाडी हुन् । उनको प्रर्दशन लुम्बिनीका लागि निकै महत्वपूर्ण हुने छ ।

स्पिनर अनिल खरेल, युवा ब्याट्सम्यान देभ खनाल, प्रकाश केसी र सन्दीप रजाली पनि नायक बन्न सक्छन् । युवा खेलाडीले भोरिएको लुम्बिनी बागमतीलाई स्तब्ध पार्दै सेमिफाइनलमा पुग्न चाहान्छ ।

यता बागमतीका पृथु बास्कोटा र रामनरेश गिरी उच्च लयमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टोलीलाई घातक बन्न सक्छन् । पृथुले पहिलो खेलमा पुलिस विरुद्ध ४८ रनको अविजित इनिङ खेलेका थिए । सुदूरपश्चिमसँग ८४ र प्रदेश २ सँग ५३ रनमा अविजित रहेका थिए । पृथुको लयलाई रोक्न लुम्बिनीका खेलाडीलाई कठिन पर्न सक्छ ।

बलर रामनरेशले सुरुवाती तीन खेलमा ८ विकेट लिई सकेका छन् । यी बाहेक युवा तीव्र गतिका बलर गौतम केसी र स्पिनर तिलकराज भण्डारी पनि घातक बन्न सक्छन् । टस मुलपानीको खेलमा निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

यता टियु मैदानमा आज सुदूरपश्चिम र प्रदेश-२ भिड्ने छन् । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरि सकेको छ । प्रदेश २ बाहिरिन औपचारिकता बाँकी छ । दुबै टोली पहिलो जितको खोजिमा हुने छन् । प्रदेश२ का युवा अलराउन्डर विकेक यादव राम्रो लयमा छन् । उनी सुदूरपश्चिमका खेलाडीलाई घातक बन्न सक्छन् ।

सदुरपश्चिमका नारायण जोशी प्रदेश २ लाई टाउको दुखाईका अलराउन्डर बन्न सक्छन् । सुदूरपश्चिम जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहान्छ । यता प्रदेश २ अंक गणितिय सम्भावना कायमै राख्न आजको खेलमा पराकिलो जित निकाल्न खोज्ने छ ।

समूह ए बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सेमिफाइनलमा पुगि सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.