default_image

5 years ago

January 24, 2021

लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै बागमती

148 views

0 Bookmark

मुलपानी (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनीले आजको खेलमा तीव्र गतिका बलर अमित तामाङ, विकेटकिपर ब्याट्सम्यान सुशान्त सिंह थापा र राजवीर सिंहलाई बेन्चमा राखेको छ । बागमतीले तीब्र गतिका बलर दीपेश श्रेष्ठ, स्पिनर अरियो पौडेल र रिजन ढकाललाई बेन्चमा राखेको छ ।

बागमती शीर्ष र लुम्बिनी समूह बी को दोस्रो स्थानमा छन् । बागमती तीन खेलमा अपराजित छ । लुम्बिनी ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको बागमती लुम्बिनीलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्न चाहान्छ । आजको खेलमा बागमती पराजित भएपनि नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्ने बलियो सम्भावाना छ ।

यता लुम्बिनीलाई भने सेमिफाइनलमा पुग्न बागमतीमाथि फराकिलो जित निकाल्नुपर्ने हुन्छ । लुम्बिनीले जितेको खण्डमा भने सोमबार पुलिस र प्रदेश २ को खेल पर्खनु पर्ने हुन्छ । उक्त खेलमा पुलिस पराजित भएमा लुम्बिनी स्वतः सेमिफाइनलमा पुग्ने छ । पुलिस विजयी भएमा नेटरनरेटमा निर्भर रहने छ ।

लुम्बिनीको प्लेइङ ११ : कृष्ण कार्की (कप्तान), सौरभ खनाल, विक्रम भुषाल, अनिल खरेल, सन्दीप रजाली, प्रकाश केसी, जितेन्द्र शाहनी, प्रनित थापा मगर, देव खनाल, दीपेन्द्र रावत र सन्दीप सुनार ।

बागमतीको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, तिलकराज भण्डारी, विपिन आचार्य र नन्दन यादव

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.