5 years ago
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाँया हाते ओपनर ब्याट्सम्यान आदिल खानले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आदिलले ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । सन्दीप सुनारलाई २९ औं ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै आदिलले अर्धशतक पूरा गरेका थिए । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २९ ओभरमा २ विकेट गुमाउँदै १ सय २२ रन बनाएको छ ।
आदिल ७७ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनमा खेलि रहेका छन् । आदिलले दुई जीवनदान पाएका छन् । पृथु बास्कोटा २८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा खेलि रहेका छन् ।
बागमतीलाई ओपनर आकाश थापा र आदिल खानले पहिलो विकेटका लागि १९.१ ओभरमा ६३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर दीपेन्द्र रावतले आकाशलाई ३९ रनमा एलबिडब्लू आउट गर्दै उक्त साझेदारी तोडेका थिए । आकाशले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तेस्रो बलमा रावतले विभत्सु थापालाई शून्यमा बोल्ड आउट गर्दै एकै ओभरमा दुई महत्वपूर्ण सफलता दिलाएका थिए ।
आदिलले ब्यक्तिगत २४ रनमा जीवनदान पाएका थिए । स्क्वायर लेगमा प्रनित थापा मगरले ब्यक्तिगत २४ रनमा क्याच ड्रप गर्दै जीवनदान दिएका थिए । त्यस्तै आदिलको ब्यक्तिगत ४५ रनमा सौरभ खनालले लङअङमा क्याच छोड्न पुगेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]