default_image

5 years ago

January 24, 2021

सुदूरपश्चिमलाई प्रदेश दुईको मध्यम लक्ष्य

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर दुई ले सुदूरपश्चिम प्रदेशलाई १ सय ९६ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४२ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । प्रदेश दुई का लागि ओपनर हरिशंकर शाहले ७३ बलमा ९ चौका सहित सर्वाधिक ६० रनको योगदान दिए । युवा ब्याट्सम्यान विवेक यादवले ५२ बलमा २ चौका र ३ छक्का सहित ४१ रनको योगदान दिए ।

पाँचौं ओभरको अन्तिम बलमा हेमन्त धामीले ओपनर सुधिर चौधरीलाई एक रनमा एलबिडब्लू आउट गरेका थिए । छैटौं ओभरको पाँचौं बलमा भोजराज भट्टले रवि शाहलाई शून्यमा एलबिडब्लू आउट गरे । विशाल शुश्लिङलाई नरेन्द्र साउदले ७ रनमा क्याच आउट गराए । शेर मल्लले २३ औं ओभरको तेस्रो बलमा शेर मल्लले हरिशंकर शाहलाई बोल्ड आउट गरेका थिए ।

महबुब आलम २६ बलमा २ चौका र २ छक्का सहित तल्लोक्रममा २३ रन जोडे । राहुल प्रताप सिंह १२, आदिल अन्सारी १ र दिब्यान्शु मलिकले खाता खोल्न सकेनन् । कुमार थापा १६ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।

स्पिनर शेर मल्लले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए । अर्का युवा स्पिनर नरेन्द्र साउदले १० ओभरमा १ मेडन सहित ५३ रन खर्चेर ३ विकेट लिए । अरुण ऐरीले २, भोजराज भट्ट र हेमन्त धामीले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.