5 years ago
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश नम्बर दुई लाई ३ विकेटले पराजित गरेको छ ।

यो हारसँगै प्रदेश दुई पनि समूह चरणबाट औपचारिक रुपमा बाहिरिएको छ । सुदूरपश्चिम यसअघिनै बाहिरिएको थियो । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको छ ।
सुदूरपश्चिमका विकेटकिपर सन्जु दमाईले ३५ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । ओपनर गजेन्द्र बोहरा ४७ बलमा ६ चौका सहित ३९ रनमा आउट भए । खडक बहादुर बोहराले ७३ बलमा ६ चौका सहित ४३ रनको योगदान दिए । अरुण ऐरी १९ रनमा आउट भए ।
प्रदेश २ का कुमार थापाले ६ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ३ विकेट लिए । हरिशंकर शाहले २ विकेट लिए । विवेक यादव र रवि शाहले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४२ ओभरमा १ सय ९५ रनमा अल आउट भए । प्रदेश दुई का लागि ओपनर हरिशंकर शाहले ७३ बलमा ९ चौका सहित सर्वाधिक ६० रनको योगदान दिए । युवा ब्याट्सम्यान विवेक यादवले ५२ बलमा २ चौका र ३ छक्का सहित ४१ रनको योगदान दिए ।
पाँचौं ओभरको अन्तिम बलमा हेमन्त धामीले ओपनर सुधिर चौधरीलाई एक रनमा एलबिडब्लू आउट गरेका थिए । छैटौं ओभरको पाँचौं बलमा भोजराज भट्टले रवि शाहलाई शून्यमा एलबिडब्लू आउट गरे । विशाल शुश्लिङलाई नरेन्द्र साउदले ७ रनमा क्याच आउट गराए । शेर मल्लले २३ औं ओभरको तेस्रो बलमा शेर मल्लले हरिशंकर शाहलाई बोल्ड आउट गरेका थिए ।
महबुब आलम २६ बलमा २ चौका र २ छक्का सहित तल्लोक्रममा २३ रन जोडे । राहुल प्रताप सिंह १२, आदिल अन्सारी १ र दिब्यान्शु मलिकले खाता खोल्न सकेनन् । कुमार थापा १६ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।
स्पिनर शेर मल्लले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए । अर्का युवा स्पिनर नरेन्द्र साउदले १० ओभरमा १ मेडन सहित ५३ रन खर्चेर ३ विकेट लिए । अरुण ऐरीले २, भोजराज भट्ट र हेमन्त धामीले १–१ विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहँदै बाहिरिएको छ । प्रदेश २ तीन खेलमा तीनमानै पराजित हुँदै एक खेल अगावै बाहिरिएको छ । अन्तिम खेलमा प्रदेश दुईले नेपाल पुलिस क्लबसँग खेल्ने छ । समूह ए बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सेमिफाइनलमा पुगि सकेका छन् । समूह बी बाट पुलिस, बागमती र लुम्बिनी मध्य दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]