5 years ago
January 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को अन्तिम खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २ सय ४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टियु क्रिकेटमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ४९.४ ओभरमा २ सय ४० रनमा अल आउट भयो । एपिएफका युवा ब्याट्सम्यान सुमित महर्जनले ६८ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए ।
छैटौं ओभरको तेस्रो बलमा स्पिनर सुशन भारीले आशिफ शेखलाई ७ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि सुबास खकुरेल र शरद भेषावकरले ४४ रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्न खोजेका थिए । २० औं ओभरको अन्तिम बलमा स्पिनर साहब आलमले सुबासलाई रोहित कुमार पौडेलबाट ३९ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । सुबासले ८२ बलमा ६ चौका प्रहार गरे ।
हरि चौहानले शरदलाई २९ औं ओभरको दोस्रो बलमा २४ रनमा एलबिडब्लू आउट गरे । शरदले ५९ बलमा २ चौका प्रहार गरे । साहबले ३६ औं ओभरको पाँचौं बलमा सन्दीप जोरालाई २८ रनमा चौहानबाट क्याच आउट गराए । जोराले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

बसन्त रेग्मी २४ बलमा १ चौका र १ छक्का सहित २० रनमा आउट भए । भुवन कार्की ८, किशोर महतो ४ र कमलसिंह ऐरी शून्य रनमा आउट भए । अमरसिंह राउटेला १४ बलमा २ छक्का र १ चौका सहित २६ रनमा आउट भए ।
आर्मीका मध्यगतिका बलर हरि चौहानले ९.४ ओभरमा १ मेडन सहित ६० रन खर्चेर ५ विकेट लिए । स्पिनर साहब आलमले १० ओभरमा २ मेडन सहित २३ रन खर्चेर २ विकेट लिए । आकाश चन्द, विक्रम शोब र सुशन भारीले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]