5 years ago
January 25, 2021
मुलपानी (हाम्रो खेलकुल) – स्पिनर ललितनारायण राजवंशीको उत्कृष्ट बलिङको सहयोगमा चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लब १ सय ७० रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । प्रदेश २ का ओपनर हरिशंकर शाह ८४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५३ रनमा रन आउट भए । हरिशंकरले ७७ बलमा अर्धशतक पूरा गरेका थिए । हरि शंकरको यो लगातार दोस्रो अर्धशतक हो । हरिशंकरले यस अघि आइतबार सुदूरपश्चिम प्रदेशविरुद्ध ६० रनको इनिङ खेलेका थिए ।
सातौं ओभरको दोस्रो बलमा हिमान्शु दत्त १६ रनमा रन आउट हुन पुगेका थिए । उनले २० बलमा ३ चौका प्रहार गरे । रवि शाहलाई स्पिनर ललितनारायण राजवंशीले सागर ढकालबाट ९ रनमा क्याच आउट गराए । २६ औं ओभरको चौथो बलमा पवन सरार्फले रवि सिंहलाई १२ रनमा बोल्ड आउट गरेका थिए ।
तल्लोक्रमका विशाल शुश्लिङ १२, विवेक यादव ९, आदिल अन्सारी १५, राहुल प्रताप सिंह ७ र सुरज कुर्मी १३ रनमा आउट भए । कुमार थापा ८ रनमा अविजित रहे ।
पुलिसका सागर ढकालले १० ओभरमा ३ मेडन सहित ३६ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले ८ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फले १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]