5 years ago
January 25, 2021
एजेन्सी – बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा वेस्टइन्डिजलाई १ सय २० रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४४.२ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । वेस्टइन्डिजका रोभमन पवेलले ४९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए ।
एनक्रमाह बोनरले ३१, सुनिल एम्ब्रिस १३, जेसन मोहम्मद १७ र रेमन राइफरले २७ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशका मोहम्मद सैफुद्दिनले सर्वाधिक ३ विकेट लिए । मुश्ताफिजुर रहमान र मेहेदी हसनले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो । बंगलादेशका चार ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर तथा कप्तान तमिम इकबालले ८० बलमा ३ चौका र १ छक्का सहित ६४ रनमा क्याच आउट भए ।
विकेटकिपर मुश्फिकुर रहिमले ५५ बलमा ४ चौका र २ छक्का सहित ६४ रनमा क्याच आउट भए । रियाद महमुदूल्लाह ४३ बलमा ३ चौका र ३ छक्का सहित ६४ रनमा अविजित रहे ।
ओपनर लिटन दासलाई पहिलो ओभरको पाँचौं बलमा अल्जारी जोशेफले शून्यमा एलबिडब्लू आउट गरेका थिए । नज्मुल हसन सान्टो २० रनमा एलबिडब्लू आउट हुन पुगे । सकीब अल हसनले ८१ बलमा ३ चौका सहित ५१ रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेफ र रेमन राइफरले २–२ विकेट लिए ।
पहिलो ओडिआई खेलमा बंगलादेश ६ विकेट र दोस्रोमा ७ विकेटले विजयी भएको थियो । बंगलादेश र वेस्टइन्डिजबीच थप दुई टेष्ट खेल हुने छ । पहिलो टेष्ट फेब्रुअरी ३ देखि सुरु हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]